काठमाडौं– आज बिहीबार संघीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारकी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने तय भएको छ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समतिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल हुनेछ।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारकी आश्वासन समितिको बैठक बिहान ११:३० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो ३ बजे बस्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।