काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा बाहिरी मान्छे पस्ने सम्भावना नै नरहेको दाबी गरेका छ्न्।
उनले आफूले कुनै अनधिकृत व्यक्तिललाई प्रवेश नगराएको पनि दाबी गरेका समितिका एक सदस्यले बताए।
बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बिहीबार बयान दिने क्रममा शर्माले यसमा आफ्नो संलग्नता अस्वीकार गरेका हुन्।
'अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन', शर्माले समितिमा भने । उनीसँग अहिले सोधपुछको काम भइरहेको छ।।
समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।