काठमाडौं– बागमती प्रदेश सभाको बैठक आज बिहीबार बस्ने भएको छ। प्रदेश सभाको १०औँ अधिवेशनको २६औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि असार २९ गते बसेको प्रदेश सभा बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन भएको थियो।
तर, गत आइतबार बसेको बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबार प्रदेश सभाको बैठक बोलाउने समझदारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।