काठमाडौं– प्रदीप खड्का अभिनित बुहप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा रिलिज हुने भएको छ।
भारतमा ‘विश्वजितम’को नामबाट प्रदर्शन हुने फिल्मलाई भारतभर १५ सय हलमा प्रदर्शन गरिने फिल्म निर्माण पक्षले जनाएको छ।
स्व. छेतेन गुरुङ तथा सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको यो फिल्म कोरोना महामारीका कारण प्रदर्शन रोकिएपछि निर्देशक सेनले हिन्दीमा पनि प्रदर्शन गर्ने जमर्को गरेका थिए।
उक्त कामका लागि फिल्मको निर्माण पक्षले लामो समयसम्म भारतमा बसेर काम गरेको थियो। भारतका नाम चलेका भ्वाइस आर्टिस्टहरुबाट फिल्मलाई हिन्दीमा डबिङ पनि गराइएको थियो।
केही समयअघि ‘विश्वजितम’ नामबाट हिदीमा प्रदर्शन हुने निधो भएको फिल्म भारतमा वितरण गर्ने कम्पनीले १५ सय हलमा प्रदर्शन गर्ने भएको छ।
भारतमा फिल्मको प्रदर्शनलाई लिएर गर्नुपर्ने काम सकेसँगै फिल्मको निर्माण पक्ष हाल नेपालमा प्रचारप्रसारका लागि खटिरहेको छ।
दुई सय वर्षअघिको प्रेम कथालाई समेटिएको फिल्मलाई निर्देशक स्व. छेतेन गुरुङ र मन्दीप गौतमले लेखेका छन्। फिल्ममा प्रदीपसँगै कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, मनिष राउतलगायतका कलाकारहरुले अभिनय गरेका छ।
फिल्म असोज ७ गतेबाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।