काठमाडौं–विराटनगर महानगरपालिका–९ स्थित ठूल्दाइको होटल र दूध फर्मबाट युरेनियमजस्तो देखिने पदार्थसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७ ग्रामसहित आइतबार र दूध फर्मबाट ७ जनालाई ९७८ ग्रामसहित मंगलबार पक्राउ गरिएको हो।
उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–७ बस्ने ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका २ बस्ने ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपलिका १२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका ९ बस्ने ३२ वर्षीय किरन राई छन्।
यसैगरी उक्त दूधफर्मबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका ८ बस्ने ४५ वर्षीय जीवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका ६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका १२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, मोरङ ग्रामथान ३ बस्ने ५५ वर्षीय रवीन्द्र गच्छदार, मकवानपुर बागमती गाउँपालिका ५ बस्ने ३६ वर्षीय दीपकबहादुर भ्लोन, महाेत्तरी मनराशिशवा नगरपालिका ३ बस्ने ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका ५ बस्ने २८ वर्षीय श्याम घिमिरे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।