काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको सदस्य भएर अरुलाई भोट हाल्ने कार्य वुद्धिको दुरुपयोग मात्र भएको टिप्पणी गरेका छन्।
उनले बडामा ३९ जनाको पार्टी कमिटी हुने अनि भोट २४ मात्र कसरी आयो? भन्दै प्रश्न गरे। बुधबार काठमाडौंमा बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले पार्टी सदस्यभन्दा कम मत आउने अवस्था बनेको भन्दै प्रश्न गरे।
‘३९ जनाको पार्टी कमिटी हुने अनि भोट २४ मात्र कसरी आयो ?’, उनले भने, ‘यसरी कम्युनिष्ट पार्टीको सदस्य हुन लाज लाग्दैन। यस्तो गर्नेहरु पनि यहाँ हुनुहुन्छ।’
उनले निर्वाचनमा टिकट पाए जित्ने र नपाए सहयोग गर्ने नीति हुनुपर्नेमा पाए जित्छु नपाए हराउँछौ भन्नेतिर लागेको टिप्पणी गरे। एमाले जनमत नभएर हारेको नभई स्वस्तिक छाप लगाउने समयमा आफ्नै कार्यकर्ताले अन्यत्र मत दिँदा पराजय व्यहोर्नु परेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।