काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजवादी केन्द्र बनाउने माओवादी, एकीकृतको अभियानतिर लक्षित गर्दै अर्को फुटका लागि एकता अभियान सुरु गरिएको टिप्पणी गरेका छन्।
बुधबार पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूको मंगलबार सिंहदरबारमा भएको छलफलप्रति लक्षित गर्दै उनीहरुले फुट्नका लागि अभियान चलाएको दाबी गरे।
‘एउटा एउटा कहानी सुरु हुन्छ। आज सञ्चारमाध्यममा सुन्नुभो होला एकताको अभियानका लागि को को कता बैठक बस्यो रे ’ उनले भने, ‘फेरि अर्को फुट चाहिएको छ नि! अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो। जुट्नका लागि होइन, फुटका लागि।’
मंगलबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकृीकत समाजवादीका अध्यक्ष माधव नेपाल वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेताहरु पार्टी एकताका लागि छलफल गरेका थिए। उक्त छलफलप्रति लक्षित गर्दै उनीहरु जुट्न नसक्ने ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।