काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले अदालतमा देखिएको विकृति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको बोल्दै सांसद रसाइलीले उच्च स्तरीय छानबिन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गनुपर्ने अवस्था देखिएको बताए।
उनले पछिल्ला दिनहरुमा न्यायाधीशमाथि छानबिन तिव्र पारेको कार्य सकारात्मक भएको तर अदालतभित्र धेरै विकृति भएकाले अब छानबिन आयोग गठन गर्नुपर्ने माग गरे।
देवयानी र फौजदारी मुद्दामा न्याय पाउन सर्वसाधारणले ३० वर्षसम्म धाउनुपर्ने अवस्था सुधार हुनुपर्ने बताए।
उनले न्यायमूर्तिहरुले समयमा न्याय दिन किन सकिरहेका छैनन्? भन्दै संसद्मा प्रश्न उठाए।
अहिले करिब २०० जना न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन गरिरहेको भन्दै यस्तो अवस्था आउँदा सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताए।
सरकारले छानबिन आयोग गठन गरेर जनतालाई बेलैमा न्याय दिन ढिलाइ गर्न नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।