काठमाडौं– नेकपा एमालेकी सांसद निरुदेवी पालले सरकारले समयमै किसानलाई मलखादको व्यवस्था नगरेर जनतालाई भोक–भोकै मार्न लागेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभामा बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त आरोप लगाएकी हुन्।
‘किसानले असारमा मलखाद पाएनन्, साउनको पहिलो हप्ता भइसेकेको छ अझै पाएका छैनन्,’ पालले भनिन्, ‘सरकारलाई प्रश्न गर्छु मलखाद कहिले ल्याउने हो? आगामी सालको असारमा हो? कि जनतालाई भोक–भोकै मार्ने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।