• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बिमा कम्पनीमा मर्जरको लहर : दुई कम्पनी गाभिए, १७ वटा गाभिने प्रक्रियामा

64x64
सुमित्रा कार्की बुधबार, साउन ४, २०७९  १८:०५
1140x725

काठमाडौं– बिमा समितिले एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरुबीच मर्जर तथा प्राप्तीको लहर चलेको छ। 

समितिले बिमा कम्पनीहरूलाई तोकिएको समय आगामी चैत मसान्तभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। पुँजी वृद्धिका लागि बिमा समितिले गत चैत १० गते नै बिमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनअनुसार अधिकांश बिमा कम्पनीले मर्जर प्रक्रियाबाट पुँजी वृद्धि गर्ने योजना बुझाएको बिमा समितिका अध्यक्ष सूर्य सिलवाल बताउँछन्। बिमा समितिका अनुसार निर्जीवन बिमा कम्पनीले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने छ। 

अहिले बिमा कम्पनीले सेवाग्राहीलाई दिने सेवा सुविधा प्रभावकारी नभएको कारण चुक्ता पुँजी वृद्धि गर्न दबाब दिइएको अध्यक्ष सिलवाल बताउँछन्। उनले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘हामीले बिमा कम्पनीलाई फोर्स मर्जरमा जान भनेका छैनौं। बिमा कम्पनीहरू आफैं मर्जरमा गएर वा अन्य कुनै माध्यमबाट चुक्ता पुँजी  बढाउने हो। त्यो बिमा कम्पनीलाई निनणर्य गर्न दिएका छौं। तर, अधिकांश बिमा कम्पनीको पुँजी बृद्धिको योजनामा मर्जर नै रहेको छ।’

बिमा समितिका अध्यक्ष सिलवालका अनुसार निर्जीवन बिमा कम्पनीभन्दा जीवन बिमा कम्पनीलाई मर्जर प्रक्रिया पूरा गर्न समय लाग्ने देखिन्छ।  उनी भन्छन्, ‘जीवन बिमा कम्पनीले एक्च्युरीको भ्यालुएसन गराउनुपर्छ। आफ्नो ब्यालेन्स सिट तयार गर्नपर्‍यो। डीडीए गर्नु पर्‍यो। कसको दायित्य कति, कसको कस्तो खालको पोलिसी छ, सबैकुराको अध्यन गरेर निर्णय लिनुपर्ने हुन्छ। यसले गर्दा जीवन बिमा कम्पनीको मर्जर प्रक्रिया लामो हुन्छ।’

मर्जरमा जाने बिमा कम्पनीले कस्तो सुविधा पाउँछन्? 
मर्जरमा जाँदा बिमा कम्पनीहरुले दुई खालको सुबिध पाउने अध्यक्ष सिलवाल बताउँछन्। उनी भन्छन, ‘मर्जरमा जाने कम्पनीले पाउने एउटा भनेको बिमा समितिले दिने सुविधा हो। अर्को सुविधा सरकारले करसम्बन्धी छुट दिने कुरा हो। बिमा समितिले कम्पनीलाई दिने सुविधा जुन जुन कम्पनी मर्जरमा जान्छ। तिनीहरुलाई सुविधा दिने हो।’

सरकारले दिने भनेको सुविधा असार मसान्तसम्म मर्जरमा जाने कम्पनीको लागि मात्र रहेको उनको भनाइ छ। आयकर ऐन, २०५८ ले गाभ्ने गाभिने दुबै बिमकको आयकरको सञ्चित नोक्सानीलाई ७ वर्षसम्म सार्न पाइने सुविधा दिएको थियो। त्यस्तै, कर्मचारीको अवकाश भुक्तानीमा करकट्टीको दरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरको थियो। 

आयकर ऐनमा मर्जरपश्चात सेयरधनीले २ वर्षसम्म सेयर बिक्री गरी प्राप्त हुने लाभमा कर नलाग्ने व्यवस्था रहेको छ। मर्जरमा जाने बिमा कम्पनीका सेयरधनीले सेयर बिक्री गरेर प्राप्त गर्ने पुँजीगत लाभकर तिर्नुपर्ने छैन। त्यस्तै मर्जरपश्चात सेयरधनीले दुई वर्षसम्म प्राप्त गर्ने लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बिमा कम्पनीले मर्जरपश्चात वितरण गर्ने बोनस तथा नगद लाभांशमा कर प्रयोजनका लागि नगद भनेर छुट्याउनुपर्ने छैन। तोकिएका मर्जरको सुविधा पाउनका लागि मर्जर हुने बिमा कम्पनीहरुले २०७९ असार मसान्तसम्म गाभ्ने गाभिने आसयपत्र आन्तरिक राजश्व विभाग समक्ष पेस गरिसकेको हुनुपर्ने र मर्जर प्रक्रिया २०८० असार मसान्तभित्र पूरा गर्नुपर्ने बिमा समितिका अध्यक्ष सिलवाल बताउँछन्। 

दुई कम्पनीको मर्जर सम्पन्न, १७ कम्पनीबीच प्रारम्भिक सम्झौता
असार मसान्तभित्र मर्जरमा जाने प्राम्भरिक सम्भौता गरेका बिमा कम्पनीको संख्या १७ पुगेको छ। २ कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरेर एकिकृत कारोबार सञ्चालन गर्न थालिसकेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीले साउन १ गतेबाट एकीकृत कारोबार गरेका हुन्। यी दुई कम्पनी एकआपसमा गाभिँदा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा धेरै कायम भएकाको छ। २ कम्पनी एक भएर हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार सुरु गरेका छन्। 

यसैगरी, प्राइम लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्सले पनि मर्जरमा जानको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्। यी तीन कम्पनीले एक हुनको लागि जेठ ३ गते सम्झौता गरेका हुन्। यी ३ कम्पनीको मर्जर प्रक्रिया पुरा गरेपछि कम्पनी चुक्ता पुँजी ७ अर्ब रुपैयाँ बराबर पुग्ने छ। हाल प्राइम लाईफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाईफको २ अर्ब ८ करोड र युनियन लाईफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। 

सूर्य लाईफ इन्स्योरेन्स र ज्योती लाईफले पनि मर्जरमा जानको लागि सहमति गरिसकेका छन्। यी दुई कम्पनीले मर्जरमा जानको लागि असार १३ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यी दुई कम्पनीको मर्जरपछि चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्ने हुन्छ। हाल सूर्या लाईफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाईफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिद्धार्थ र प्रिमियर इन्सुरेन्स एक आपसमा गाभिने भएका छन्। यी दुबै कम्पनीले मर्जरमा जानको लागि असार २८ सहमतिपत्रमा हस्ताक्षर भएको थियो। दुई कम्पनी मर्जरमा जाँदा चुक्ता पुँजी २ अर्ब ५० करोड पुग्ने छ। हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ।

रिलायन्स लाईफ  इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्सले पनि मर्जरमा जानको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन। यी दुई कम्पनीले मर्जरमा जानका लागि जेठ २९ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। 

मर्जरपछि यी दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ बराबर हुनेछ। हाल सानिमा लाईफको चुक्ता पुँजी २ अर्ब ८ करोड र रिलायन्स लाईफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। 

यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी पनि मर्जरमा जानको लागि सहमति पत्रमा हस्ताक्षर भइसकेको छ। यी दुई कम्पनीले मर्जरमा जानको लागि असार ३० गते सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। यी दुई कम्पनीको मर्जरपश्चात चुक्त पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ। हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ  र लुम्बिनी जनरलको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। 

सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्स कम्पनीबीच पनि मर्जर सम्झौता भएको छ। दुई कम्पनीबीच असार ३० गते मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो। दुई कम्पनी एक हुँदा चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ। 
 
प्रभु र अजोड इन्सुरेन्स कम्पनी पनि मर्जरमा जानको लागि एक आपसमा मर्ज हुने सम्झौता भएको छ। यी दुई कम्पनीले एक हुनको लागि साउन १ गते प्राम्भरिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यी दुई कम्पनी एक हुँदा चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ।  

महालक्ष्मी लाईफ इन्स्योरेन्स र  प्रभु लाईफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन्। मर्जर जानको लागि यी दुई कम्पनीले पनि साउन १ गतेबाट प्राम्भरिक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन्। 

मर्जरको प्रक्रिया सुरु गरेपनि ४ कम्पनीहरु (प्रभु, अजोड इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेन्स) ले सरकारले मर्जर तथा प्राप्तीमा जाँदा दिएको सुबिधा नपाउँने भएका छन्। यी कम्पनीहरुले सरकारले तोकेको समय कटेपछि मात्रै मर्जरको सम्झौता गरेका हुन्। 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्