• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बिमा कम्पनीमा मर्जरको लहर : दुई कम्पनी गाभिए, १७ वटा गाभिने प्रक्रियामा

64x64
सुमित्रा कार्की बुधबार, साउन ४, २०७९  १८:०५
1140x725

काठमाडौं– बिमा समितिले एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरुबीच मर्जर तथा प्राप्तीको लहर चलेको छ। 

समितिले बिमा कम्पनीहरूलाई तोकिएको समय आगामी चैत मसान्तभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। पुँजी वृद्धिका लागि बिमा समितिले गत चैत १० गते नै बिमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनअनुसार अधिकांश बिमा कम्पनीले मर्जर प्रक्रियाबाट पुँजी वृद्धि गर्ने योजना बुझाएको बिमा समितिका अध्यक्ष सूर्य सिलवाल बताउँछन्। बिमा समितिका अनुसार निर्जीवन बिमा कम्पनीले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने छ। 

अहिले बिमा कम्पनीले सेवाग्राहीलाई दिने सेवा सुविधा प्रभावकारी नभएको कारण चुक्ता पुँजी वृद्धि गर्न दबाब दिइएको अध्यक्ष सिलवाल बताउँछन्। उनले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘हामीले बिमा कम्पनीलाई फोर्स मर्जरमा जान भनेका छैनौं। बिमा कम्पनीहरू आफैं मर्जरमा गएर वा अन्य कुनै माध्यमबाट चुक्ता पुँजी  बढाउने हो। त्यो बिमा कम्पनीलाई निनणर्य गर्न दिएका छौं। तर, अधिकांश बिमा कम्पनीको पुँजी बृद्धिको योजनामा मर्जर नै रहेको छ।’

बिमा समितिका अध्यक्ष सिलवालका अनुसार निर्जीवन बिमा कम्पनीभन्दा जीवन बिमा कम्पनीलाई मर्जर प्रक्रिया पूरा गर्न समय लाग्ने देखिन्छ।  उनी भन्छन्, ‘जीवन बिमा कम्पनीले एक्च्युरीको भ्यालुएसन गराउनुपर्छ। आफ्नो ब्यालेन्स सिट तयार गर्नपर्‍यो। डीडीए गर्नु पर्‍यो। कसको दायित्य कति, कसको कस्तो खालको पोलिसी छ, सबैकुराको अध्यन गरेर निर्णय लिनुपर्ने हुन्छ। यसले गर्दा जीवन बिमा कम्पनीको मर्जर प्रक्रिया लामो हुन्छ।’

मर्जरमा जाने बिमा कम्पनीले कस्तो सुविधा पाउँछन्? 
मर्जरमा जाँदा बिमा कम्पनीहरुले दुई खालको सुबिध पाउने अध्यक्ष सिलवाल बताउँछन्। उनी भन्छन, ‘मर्जरमा जाने कम्पनीले पाउने एउटा भनेको बिमा समितिले दिने सुविधा हो। अर्को सुविधा सरकारले करसम्बन्धी छुट दिने कुरा हो। बिमा समितिले कम्पनीलाई दिने सुविधा जुन जुन कम्पनी मर्जरमा जान्छ। तिनीहरुलाई सुविधा दिने हो।’

सरकारले दिने भनेको सुविधा असार मसान्तसम्म मर्जरमा जाने कम्पनीको लागि मात्र रहेको उनको भनाइ छ। आयकर ऐन, २०५८ ले गाभ्ने गाभिने दुबै बिमकको आयकरको सञ्चित नोक्सानीलाई ७ वर्षसम्म सार्न पाइने सुविधा दिएको थियो। त्यस्तै, कर्मचारीको अवकाश भुक्तानीमा करकट्टीको दरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरको थियो। 

आयकर ऐनमा मर्जरपश्चात सेयरधनीले २ वर्षसम्म सेयर बिक्री गरी प्राप्त हुने लाभमा कर नलाग्ने व्यवस्था रहेको छ। मर्जरमा जाने बिमा कम्पनीका सेयरधनीले सेयर बिक्री गरेर प्राप्त गर्ने पुँजीगत लाभकर तिर्नुपर्ने छैन। त्यस्तै मर्जरपश्चात सेयरधनीले दुई वर्षसम्म प्राप्त गर्ने लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ। 

Ncell 2
Ncell 2

बिमा कम्पनीले मर्जरपश्चात वितरण गर्ने बोनस तथा नगद लाभांशमा कर प्रयोजनका लागि नगद भनेर छुट्याउनुपर्ने छैन। तोकिएका मर्जरको सुविधा पाउनका लागि मर्जर हुने बिमा कम्पनीहरुले २०७९ असार मसान्तसम्म गाभ्ने गाभिने आसयपत्र आन्तरिक राजश्व विभाग समक्ष पेस गरिसकेको हुनुपर्ने र मर्जर प्रक्रिया २०८० असार मसान्तभित्र पूरा गर्नुपर्ने बिमा समितिका अध्यक्ष सिलवाल बताउँछन्। 

दुई कम्पनीको मर्जर सम्पन्न, १७ कम्पनीबीच प्रारम्भिक सम्झौता
असार मसान्तभित्र मर्जरमा जाने प्राम्भरिक सम्भौता गरेका बिमा कम्पनीको संख्या १७ पुगेको छ। २ कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरेर एकिकृत कारोबार सञ्चालन गर्न थालिसकेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीले साउन १ गतेबाट एकीकृत कारोबार गरेका हुन्। यी दुई कम्पनी एकआपसमा गाभिँदा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा धेरै कायम भएकाको छ। २ कम्पनी एक भएर हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार सुरु गरेका छन्। 

यसैगरी, प्राइम लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्सले पनि मर्जरमा जानको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्। यी तीन कम्पनीले एक हुनको लागि जेठ ३ गते सम्झौता गरेका हुन्। यी ३ कम्पनीको मर्जर प्रक्रिया पुरा गरेपछि कम्पनी चुक्ता पुँजी ७ अर्ब रुपैयाँ बराबर पुग्ने छ। हाल प्राइम लाईफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाईफको २ अर्ब ८ करोड र युनियन लाईफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। 

सूर्य लाईफ इन्स्योरेन्स र ज्योती लाईफले पनि मर्जरमा जानको लागि सहमति गरिसकेका छन्। यी दुई कम्पनीले मर्जरमा जानको लागि असार १३ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यी दुई कम्पनीको मर्जरपछि चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्ने हुन्छ। हाल सूर्या लाईफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाईफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ।

सिद्धार्थ र प्रिमियर इन्सुरेन्स एक आपसमा गाभिने भएका छन्। यी दुबै कम्पनीले मर्जरमा जानको लागि असार २८ सहमतिपत्रमा हस्ताक्षर भएको थियो। दुई कम्पनी मर्जरमा जाँदा चुक्ता पुँजी २ अर्ब ५० करोड पुग्ने छ। हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ।

रिलायन्स लाईफ  इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्सले पनि मर्जरमा जानको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन। यी दुई कम्पनीले मर्जरमा जानका लागि जेठ २९ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। 

मर्जरपछि यी दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ बराबर हुनेछ। हाल सानिमा लाईफको चुक्ता पुँजी २ अर्ब ८ करोड र रिलायन्स लाईफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। 

यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी पनि मर्जरमा जानको लागि सहमति पत्रमा हस्ताक्षर भइसकेको छ। यी दुई कम्पनीले मर्जरमा जानको लागि असार ३० गते सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। यी दुई कम्पनीको मर्जरपश्चात चुक्त पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ। हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ  र लुम्बिनी जनरलको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। 

सानिमा जनरल इन्सुरेन्स र जनरल इन्सुरेन्स कम्पनीबीच पनि मर्जर सम्झौता भएको छ। दुई कम्पनीबीच असार ३० गते मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो। दुई कम्पनी एक हुँदा चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ। 
 
प्रभु र अजोड इन्सुरेन्स कम्पनी पनि मर्जरमा जानको लागि एक आपसमा मर्ज हुने सम्झौता भएको छ। यी दुई कम्पनीले एक हुनको लागि साउन १ गते प्राम्भरिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यी दुई कम्पनी एक हुँदा चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ।  

महालक्ष्मी लाईफ इन्स्योरेन्स र  प्रभु लाईफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन्। मर्जर जानको लागि यी दुई कम्पनीले पनि साउन १ गतेबाट प्राम्भरिक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन्। 

मर्जरको प्रक्रिया सुरु गरेपनि ४ कम्पनीहरु (प्रभु, अजोड इन्स्योरेन्स, महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेन्स) ले सरकारले मर्जर तथा प्राप्तीमा जाँदा दिएको सुबिधा नपाउँने भएका छन्। यी कम्पनीहरुले सरकारले तोकेको समय कटेपछि मात्रै मर्जरको सम्झौता गरेका हुन्। 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बस्दै शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना शुक्रबार, माघ ९, २०८२
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै शुक्रबार, माघ ९, २०८२
आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्