काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त भएकी छन्। यस्तै, सचेतकको जिम्मेवारी मिन विश्वकर्मालाई दिइएको छ।
पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले यादवलाई प्रमुख सचेतक र विश्वकर्मालाई सचेतक नियुक्त गरेका हुन्।
यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण थिए। खाण गृहमन्त्री नियुक्त भएपछि झण्डै १ वर्षदेखि उक्त पद खाली रहेको थियो।
संसदीय दलकी सचेतक रहेकी पुष्पा भुसालले केही दिन अगाडि मात्रै उपसभामुख निर्वाचित भएपछि उक्त पद खाली थियो।
प्रमुख सचेतक नियुक्त भएकी यादव यसअघि प्रतिनिधि सभाको उपसभामुख भइसकेकी छन्। उनले पार्टीको कोषाध्यक्षका रुपमा समेत भूमिका निर्वाह गरिसकेकी छन्। विश्वकर्मा भने कांग्रेस केन्द्रीय सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।