काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गृह जिल्ला गोरखाबाट नयाँ पार्टी निर्माणका लागि अभ्यास थालेका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराई सहितका नौं जनामाथि कारबाही गरेपछि उनले नयाँ पार्टी निर्माणका लागि पहल थालेका हुन्।
जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति गोरखाले एक विज्ञप्ति जारी गर्दै पार्टी पूर्नगठनका लागि निर्णय गरिएको जनाएको छ।
गोरखामा पार्टी पूर्नगठनका लागि यान प्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ।
साथै बैठकले जिल्ला मातहतका सबै समितिहरु स्वत भेला आयोजक समितिमा समायोजन भएको निर्णय समेत गरेको भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस अघि गत असार २९ र ३० गते जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले भट्टराईसहित ९ नेतामाथि कारबाही गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।