• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संसद् अनुभव

रंगमती शाही भन्छिन्– विशेष समय ठूला नेतालाई, शून्य समय हुम्लालाई

64x64
धनु विश्वकर्मा बिहीबार, साउन ५, २०७९  ०९:५७
1140x725

काठमाडौं— ‘प्रधानमन्त्रीज्यू, मेरो  स्कुटरमा बस्न आउनुहोस्। म बस्ने वनस्थलीमा हो। त्यहाँबाट पाँच मिनेट मात्र मास्क नलगाइकन स्कुटरमा मेरो पछाडि चढेर हेर्नुहोस्। नत्र मै घुमाइदिउँला पूरै काठमाडौं, कति सास्ती हुन्छ बल्ल थाहा हुन्छ।’

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई संसदीय विकास समितिको बैठकमा यसरी व्यंग्य गरेकी थिइन्। ओलीले एक सार्वजनिक कार्यक्रममा ‘काठमाडौंमा मास्क लगाउन नपर्ने गरी धुलो हटेको’ बताएपछि शाहीले यसरी जवाफ दिएकी थिइन्।

शाही २०७४ सालमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा समानुपातिक सांसद निर्वाचित भएकी हुन्। उनी प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सदस्य छिन्। 

उनले सांसद् भएर काठमाडौं आएपछि मात्र स्कुटर कुदाउन सिकेकी हुन्। ‘सांसद भएर आएको एक महिनाभित्र नै स्कुटर चलाउन सिकेँ, जसले गर्दा सदनबाट निस्किएपछि अरु माननीयको गाडी पर्खनु परेको छैन। जता जाँदा पनि स्कुटर कुदाएर जान्छु, यो पनि मेरा लागि उपलब्धिमूलक रह्यो,’ उनले भनिन्।

स्कुटर कुदाउन थालेपछि उनले काठमाडौंको सडक र धुलोको समस्या झन् धेरै महसुस गरिन्। ती समस्या समाधानका लागि राज्यले पनि धेरै खर्च गरिरहेको छ। तर, हुम्लाका समस्या काठमाडौंले बुझ्नै नचाहेको उनको गुनासो छ। ‘हाम्रो समाज गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वासले निकै जकडिएको समाज छ। राज्यले योजना, कार्यक्रम र बजेटमा हुम्लालाई जहिले विभेद गरेको छ,’ उनी भन्छिन्।

सांसद शाही राजनीतिसँगै सामाजिक कार्यमा पनि सक्रिय थिइन्। त्यही कारण उनी संसद्मा राजनीतिकभन्दा सामाजिक र विकासका सवाल धेरै उठाउँछिन्। जनताका समस्या खरो ढंगमा प्रस्तुत गर्छिन्। शाहीले गएको असार १२ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै हुम्लामा पाठ्यपुस्तक नपुगेको बताइन्। पटक पटक शिक्षा मन्त्रालयमा गएर पहल गर्दा पनि हुम्लाका लागि आंगिक क्याम्पस नदिएको भन्दै उनले प्रश्न गरिन्, ‘के कर्णालीमा वनमान्छे बस्छन्? सत्तापक्ष र प्रतिपक्ष दुवैले कर्णालीका जनता वनमान्छे हुन् भन्ने बुझाइको अन्त्य कहिले गर्ने?’

rangamati-shahi (1)1658288891.jpg

उनी हुम्ला र कर्णालीको समस्या सदनमा बारम्बार उठाइरहने सांसद् हुन्। २०७८ फागुन १४ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले तत्कालीन प्रधानमन्त्री ओलीले हेलिकोप्टर चार्टर गरेर तेह्रथुम पुगेर केक काटेको घटनामा व्यंग्य गरेकी थिइन्। ‘प्रधानमन्त्रीले हेलिकोप्टर चढेर केक काट्न जाँदा कर्णालीमा जनता सिटामोल नपाएर मर्दैछन्,’ उनले भनेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालमा पहिलो पटक संसद् भवन छिर्दा उनीसँग जनताका समस्या समाधान गर्ने अठोट थियो। पहिलो वर्ष संसद्‍मा कसरी र के विषयमा बोल्ने भन्ने सिक्नमै बितेको उनी बताउँछिन्। आफ्नो कार्यकालको पाँच वर्ष पनि सोचजस्तो काम गर्न नसकेको उनी स्वीकार गर्छिन्। ‘पाँच वर्षसम्म सोच एकातिर र काम अर्कैतिर भएको महसुस भएको छ,’ उनले भनिन्।

संसद्‍मा उनको अनुभव एकनासको रहेन। कहिले प्रतिपक्ष त कहिले सत्तापक्ष भइन्। दुईपटक संसद् विघटन र पुनःस्थापना भयो।

उनको दल नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्ष थियो। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याएको थियो। पछि यी दुई दल एकीकरण पनि भए। उनलाई पाँच वर्ष नै प्रतिपक्ष हुनुपर्ने अनुमान थियो। यहीबीचमा कोरोना महामारी, आर्थिक मन्दीजस्ता समस्या भोग्नु परेको उनी बताउँछिन्।

यही बेला प्रमुख प्रतिपक्ष हुन पुगेको एमालेले नौ महिनासम्म सदन अवरोध गर्दा जनताको सवाल उठाउनै नपाएको शाही बताउँछिन्। ‘जति दिन संसद चल्यो त्यतिसम्म  गरेको काममा सन्तुष्ट नै छु। तर, सांसद नहुँदा जे अपेक्षा मनमा लागेको थियो त्यो पूरा गर्न भने नसकिदों रैछ,’ उनले भनिन्। 

Xtrem

Xtrem

कर्णालीको दुर्गम जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका–४ मा उनको स्थायी बसोबास छ। उनले २०५४ सालमा विद्यार्थी जीवनबाट राजनीति प्रारम्भ गरिन्।  २०६० सालमा नेपाल महिला संघको जिल्ला अध्यक्ष भइन्। २०७० सालमा महिला संघको केन्द्रीय सदस्य बनिन्।

उनको दल नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्ष थियो। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याएको थियो। पछि यी दुई दल एकीकरण पनि भए। उनलाई पाँच वर्ष नै प्रतिपक्ष हुनुपर्ने अनुमान थियो।

उनी नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा प्रतिनिधि बनेकी थिईन्। १३औँ महाधिवेशनमा महासमिति सदस्य भएकी उनी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइन्। 

उनी आफूलाई राजनीतिकर्मीभन्दा पनि विकास अभियन्ताका रूपमा चिनाउन चाहन्छिन्। समाजमा व्याप्त रहेको विभेद नहटाएसम्म समानुपातिक विकास हुन नसक्ने उनको बुझाइ छ। 

देशका ७७ जिल्लामध्ये हुम्ला सबैभन्दा अन्तिममा सडक पुगेको जिल्ला हो। सदरमुकाम सडक सञ्जालमा जोडिए पनि दूरदराजका ग्रामीण भेगमा अझै सास्ती कायम रहेको उनको भनाइ छ।

कर्णाली करिडोर बनाउन सेनालाई जिम्मा दिनेबाहेक जिल्लाका लागि ठूला योजना केही नभएको शाही बताउँछिन्। उनी भन्छिन, ‘हामी दिने ठाउँमा छैनौँ, माग्ने ठाउँमा छौं। जुन दिन दिने ठाउँमा पुगिँदैन तबसम्म हुम्लालाई सिंहदरबारले सौतेनी व्यवहार गरिराख्छ।’ योजना, विकास र बजेट माग्दा हुम्ली सांसदले ‘भिख मागेजस्तै’ माग्नु पर्ने उनले गुनासो गरिन्। 

संसद् बैठकमा पनि दुर्गमका सांसद्लाई विभेद गरिएको शाही बताउँछिन्। उनी भन्छिन्, ‘हुम्लाको माननीय भनेर होला एक वर्षसम्म कसैले मतलब नै गरेनन्। मलाई त शून्य समयमा मात्र बोल्न पाइन्छ भन्ने लागेको थियो। तर, त्यस्तो होइन रहेछ।’ 

संसदीय समितिमा आएपछि भने उनले जिल्लाका मुद्दा ढुक्कले उठाउन पाएकी छिन्। त्यहाँ बोल्न छेकबार छैन। संसद्मा भने विशेष समयमा प्रायः ‘ठूला नेता’ले मात्र बोल्न पाउँछन्। तर, शून्य समयलाई पनि आफूले उपयोग गरेको उनी बताउँछिन्।

Rangamati-shahi1658288891.jpg

चुनावका बेला जनतासँग गरेका वाचाका कारण पनि संसद्मा आफूले समस्याहरू उठाउने गरेको उनको भनाइ छ। संसद् कानुन बनाउने ठाउँ भए पनि भोट माग्दा भौतिक विकास गरिदिने प्रतिबद्धता जनाइएको हुन्छ। तर, सांसद् विकास गरिदिने भन्दा पनि गराइमाग्ने ठाउँ भएको बुझेपछि आफ्नो काम र आश्वासन फरक भएको उनले बुझिन्।

ठूला नेता भएका जिल्लामा मात्र बजेट हाल्ने समस्या रहेको शाही बताउँछिन्। ‘खानेपानी, स्वास्थ्य, शिक्षा, सडक निर्माण, रोजगारी र अन्य विकास निर्माणका काम जनताले सांसदबाटै हुन्छ भन्ने ठान्छन्,’ उनी भन्छिन्, ‘केन्द्रमा माथिल्लो तहमा आफना जिल्लाका कुनै पनि दलका नेता छैनन् भने बजेट नआउने रहेछ।’

जिल्लाबाट कोही व्यक्ति समस्या लिएर काठमाडौं आए उनीहरूसँगै हिँड्नु पर्ने बाध्यतासमेत दुर्गमका सांसदलाई भएको उनी बताउँछिन्। ‘हुम्लाबाट कोही बिरामी भएर वीर अस्पताल आउँदा पनि म आफैं जानुपर्ने अवस्था छ। नगए पालो आउँदैन, महिनौं दिन कुर्नपर्छ। हुम्लाको मान्छे महिनौं दिन राजधानी कसरी बस्न सक्छ?’ उनी भन्छिन्। 

उनले यो समस्या पनि संसद्मा उठाएकी थिइन्। २०७८ जेठ २९ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हुम्लाको मान्छे स्वास्थ्य मन्त्री नहुँदा वीर अस्पतालमा हुम्लीले पालो नपाएको भन्दै व्यंग्य गरेकी थिइन्।

यस श्रृङ्खलाका थप सामग्री
प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ 
आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्
रोष्ट्रममा समिना हुसेन : एक कलम र एक किताबले संसार बदल्न सक्छ
प्रकाश स्नेही भन्छन्– एउटा निर्वाचनबाट तीन पटक सांसद् भइयो, समानुपातिकलाई बोल्नै समस्या

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:५७
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्