• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संसद् अनुभव

प्रकाश स्नेही भन्छन्– एउटा निर्वाचनबाट तीन पटक सांसद् भइयो, समानुपातिकलाई बोल्नै समस्या

64x64
धनु विश्वकर्मा आइतबार, साउन १, २०७९  ०९:२३
1140x725

काठमाडौं— ‘कम्युनिष्टहरुको सुत्दाखेरी एउटा राष्ट्रियता, उठ्दाखेरि अर्को राष्ट्रियता, भोट माग्दा एक र मागिसकेपछि अर्को राष्ट्रियता, सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को राष्ट्रियता हुन्छ। राति लैनचौरवादी, दिउँसो राष्ट्रवादी, राति भारतवादी, दिउँसो नेपालीवादी,’ २०७७ जेठ २ गते प्रकाश रसाइली (स्नेही)ले प्रतिनिधि सभा बैठकमा गरेको व्यङ्ग्य हो यो। 

तत्कालीन नेकपा सरकार हुँदा कम्युनिष्ट पार्टीप्रति उनले गरेको व्यंग्यले निकै चर्चा पाएको थियो। उनको अभिव्यक्तिले राष्ट्रिय मिडियामा समेत स्थान पाएपछि धेरैमाझ चिनिए। 

अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमका नवराज विक र उनका साथीहरूको हत्या भएपछि पनि उनले संसद्मै उक्त घटनाको विरोध गरे। २०७७ जेठ १३ को प्रतिनिधि सभा बैठकमा उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय जगतमा भइरहेको परिवर्तन र क्रान्तिलाई नै चुनौती दिने खालको अपराध भएको छ। यो मानवजातिमाथि भएको क्रुर हत्या हो। यो घटना नेपालको सिंगो दलित आन्दोलनविरुद्ध छ।’ 

बझाङको जयपृथ्वी नगरपालिका–१० घर भएका रसाइली २०४८ सालदेखि राजनीतिमा सक्रिय छन्। उनी विद्यार्थी आन्दोलन हुँदै मूलधारको राजनीतिमा होमिएका हुन्। उनी २०४८ सालमा नेवि संघको विद्यालय सचिव बनेका थिए। २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख बनेका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी दुई महिना जेल बसेका छन्।

२०७४ सालको संसदीय निर्वाचनमा उनी समानुपातिक सांसद बने। उनी प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य छन्। नेपाली कांग्रेसको १२औं महाधिवेनको केन्द्रीय प्रतिनिधि निर्वाचित भएका थिए।

देशमा संघीय शासन प्रणाली सुरु भएपछिको पहिलो आम निर्वाचनमार्फत सांसद् भएपछि उनले देश र जिल्लाका धेरै सवालमा काम गर्नुपर्ने ठानेका थिए। तर, निर्वाचन क्षेत्र र गाउँ टोलको विकासमा तीन तहका सरकारको क्षेत्राधिकार र दृष्टिकोण फरक हुँदा दोधार परेको उनी बताउँछन्।

1654497257_prakash rasaili.png

‘सुरुमा त तीन तहका सरकारको क्षेत्राधिकार र दृष्टिकोण बुझ्न र काम सिक्न नै समय लाग्यो। त्यसपछि पनि सबै सरकारबीच समन्वय भएर काम हुन सकेन,’ उनी भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

२०७४ सालको निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्यो। नेकपाको स्पष्ट बहुमत भएको हुँदा कांग्रेस प्रमुख प्रतिपक्ष भयो। तर, उक्त एकीकरण टुक्रिएपछि अहिले सत्तापक्षका सांसद् छन्। 

‘पाँच वर्ष नै प्रतिपक्षमा बस्नुपर्छ भन्ने लागेको थियो। तर, दुई–दुईपटक संसद् विघटन भएपछि पुनः दुई चोटी सांसद भइयो। प्राकृतिक रुपमा त तेस्रोपटक सांसद भइयो। एकै व्यक्ति एउटै निर्वाचनमा तीन–तीन पटक सांसद हुनु नौलो अनुभव रह्यो’, उनी भन्छन्।

समानुपातिक सांसद्लाई संसद्‍मा बोल्न समस्या!
संसद्मा बोल्ने समय पाउन प्रत्यक्ष निर्वाचितभन्दा समानुपातिक सांसद्लाई निकै गाह्रो भएको उनको अनुभव छ। उनी आफ्नो क्षमताभन्दा पनि पार्टी निर्माणमा आफूले खेलेको भूमिकाका कारण बोल्ने मौका पाएको बताउँछन्।

‘हरेक ठाउँमा प्रतिस्पर्धा छ। संसद्मा बोल्न पनि प्रतिस्पर्धा हुन्छ। पार्टीको मर्यादाक्रम हुन्छ। युवा, नयाँ सांसद् र सामानुपातिक सांसदलाई संसद्‍मा बोल्न पाउन निकै गाह्रो हुन्छ। मैले त क्षमताभन्दा पनि पार्टीप्रतिको इमान्दारिताका कारण बोल्ने मौका पाएको हुँ’, उनी भन्छन्।

संसद्‍मा आवाज उठाउने विषयमा भने त्यति धेरै विभेद नदेखिएको उनको तर्क छ। ‘तर, बजेट छुट्याउने सन्दर्भमा भने समानुपातिक सांसद्लाई विभेद गरिने रहेछ। आगामी चुनावमा त प्रत्यक्षबाटै लड्नुपर्ने महसुस भएको छ’, उनले भने।

रसाइलीको संसद् यात्रा यो पहिलो हो। निर्वाचनको प्रचारप्रसारमा जाँदा जनताले राखेका सबै माग उनलाई याद छन्। ‘शुद्ध खानेपानी, घर नजिकै धारो, पुलपुलेसा बनाइदिन्छौं भनेर मत माग्यौं। सांसद् भएर संसद् भवन छिर्दा जनतासँग गरेका सबै वाचा पूरा गर्छु भन्ने लागेको पनि थियो। केही पूरा भए, कतिपय भने कोसिस गरेर पनि पूरा हुन सकेनन्’, उनले भने।

1653744192_prakash rasaili.png

अधिकांश जनताले सांसद्सँग भौतिक विकासकै अपेक्षा राख्ने गरेको उनको अनुभव छ। ‘सांसद्को काम कानुन निर्माण गर्ने न हो। हाम्रो समाजमा भने सांसदले नै विकास गरिदिन्छ भन्ने मान्यता स्थापित भएको छ। त्यसैले, सांसद भइसकेपछि जनतासामु जाँदा बजेट भएन भने समस्या हुनेरहेछ’, उनी भन्छन्।

नेता भइसकेपछि जनताले गुनासो लिएर आउनु स्वाभाविकै हो। उनीसँग पनि गाउँबाट अनेक गुनासो लिएर आउँछन्। अधिकांश त गाउँ विकासका योजना लिएर आउँछन्। तर, केही भने अनौठो माग लिएर पनि आउने गरेको उनको भनाइ छ।

‘कोही जिल्लाबाट आउँदा जन्ती र मलामी आइदिन पनि अनुरोध गर्छन्। कोही दुर्घटनामा पर्दा सांसद्का रुपमा आवाज उठाइदेओस् भन्छन्। कोही आफ्ना सन्तानको बिहेमा सरिक भइदिन अनुरोध गर्दछन्। यस्ता मागले कहिलेकाहीँ अल्मल्याउँछन्। कहिलेकाहीँ भने मर्दा–पर्दा सम्झेकोमा खुशी पनि लाग्छ’, सांसद रसाइली भन्छन्।

‘संघीयता परिपक्व भइसकेको छैन’
पाँच वर्षको अवधिमा संघीयता परिपक्व भइनसकेको सांसद् रसाइली बताउँछन्। संघीयताका संरचना स्थापित भए पनि केन्द्रीय मानसिकता अझै जस्ताको त्यस्तै रहेको उनको बुझाइ छ। ‘संघको सांसदले राष्ट्रिय गौरवको आयोजनासम्म पो हेर्ने होला त? गाउँको विद्यालयको शौचालय, सडकको तारजाली भर्न, धारा बनाउन, सिंचाइ निर्माणलगायत विषयमा संघीय सांसदप्रति नै जनताको अपेक्षा देखिन्छ। यस्ता आयोजना त स्थानीय सरकारले नै गर्ने हो नि!’ उनी भन्छन्।

पछिल्लो पाँच वर्षको अवधिमा संसद्मा रहँदा उनले अधिकांश सांसद् विकास निर्माणकै लागि लडेको देखेका छन्। विधिविधान निर्माण गर्ने जिम्मेवारीतर्फ कुनै सांसद्को विशेष ध्यान नगएको उनको अनुभव छ। ‘सांसदले त नीति निर्माण गर्नुपर्ने होला नि?,’ उनले भने, ‘तर, यहाँ त मेरो गाउँमा कुलोमा बजेट परेन, धारो परेन भन्ने प्रश्न गरेको सुनिन्छ। यस्तो काम त तल्लो तहको सरकारले गर्ने हो।’

राज्यका संरचनाले काम नगरेपछि सांसदकहाँ जनता आउने र सानो पहलले पनि काम फत्ते भएमा जनता त्यसैमा खुसी हुने गरेको उनको बुझाइ छ। ‘विदेशमा रहेका शव ल्याउने काम त राज्यका संरचनाले गर्ने हो। तर, सांसद भेट्न आउँछन्। अझ आर्यघाटसम्मै पुर्‍याइदिन पर्छ। फेरि शव बुझ्न आएका परिवारका सदस्यलाई पनि घरसम्म पुग्न गाडीको व्यवस्था गरिदिनपर्छ,’ उनी भन्छन्, ‘वास्तवमा सांसदको काम त त्यो होइन नि। नेतृत्वमा बसेकाको सामाजिक उत्तरदायित्व पनि हुन्छ।’

1617181472_Prakash-Rasaili-Snehi.png

नेताभन्दा कर्मचारी शक्तिशाली
सांसद् भएर जनताको समस्या समाधानका लागि पहल गर्दा कर्मचारीबाटै अटेर हुने गरेको उनी बताउँछन्। ‘जनता समस्या लिएर आउँछन्। समाधानका लागि पहल गर्न सिंहदरबार जानुपर्छ। तर, त्यहाँ जनता त के हामी नेतालाई पनि कर्मचारीले फनफनी घुमाउँछन्’, उनले दुःखेसो सुनाए।

जननिर्वाचित प्रतिनिधिभन्दा कर्मचारी शक्तिशाली भएको उनले अनुभव गरेका छन्। अधिकांश काममा ढिलाइ हुनुको प्रमुख कारण अटेरी कर्मचारीतन्त्र नै भएको उनको बुझाइ छ।

जनताको समस्या साधानका लागि सरकारसँग सवाल गर्ने ठाउँमा बस्दा सबै भनेजस्तो नहुने उनको अनुभव छ। संसद्मा उठाएका सबै सवाल पूरा नभएको उनले महसुस गरेका छन्। ‘जनताले हामीलाई समस्या समाधानका लागि पहल गरिदिन पठाएका हुन्। सकेसम्म समस्या राखेँ। तर कति पूरा भए, कति भएनन्। सबै हुँदा पनि रहेनछन्’, उनी भन्छन्।
गत वर्ष बाढी पहिरोले जनताको जिउधनको क्षति हुँदा पनि उनले संसद्मा जोडतोडका साथ पीडितको उद्धार र राहतका लागि आवाज उठाए। खाद्यान्न र औषधि अभाव हुँदा पनि सरकारलाई निरन्तर प्रश्न गरिरहे। यस्ता समस्या आउँदा उनले प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रीलाई भेटेरै समस्या समाधानका लागि पहल थाल्ने गरेका छन्।

सडक निर्माणका क्रममा जयपृथ्वी नगरपालिकामा चट्टान ब्लास्ट गर्नुपर्ने थियो। तर, लामो समयदेखि अड्कियो। उनले पाँच पटकसम्म प्रधानमन्त्रीसँग उक्त विषयमा छलफल गरे। त्यसपछि प्रधानमन्त्रीले सेनासँग समन्वय गरेर कामको निरन्तरताको लागि बाटो खोलिदिए। जसकारण सदरमुकामको माथिल्लो भेगमा बर्खामा बन्द हुने सडकको समस्या समाधान भएको उनको भनाइ छ।

1653744970_prakash.jpg

चैनपुर–ताक्लाकोट बाटो निर्माणका लागि उनले पटक–पटक सरकारसँग माग गरे। उक्त बाटो अहिले निर्माणधीन छ। यस्तै पश्चिम सेती लोकमार्गको कुरा पनि उनले धेरैपटक संसद्मा उठाए। बझाङको महत्त्वपूर्ण जटिबुटी र यार्सागुम्बाका लागि कर लिने विषयमा पनि कुरा उठाए। हिमाली क्षेत्रमा पाइने यार्सागुम्बालाई वैज्ञानिक खेतीको अनुमति दिन प्रस्ताव गरे, जसबारे सरकारले अहिले अध्ययन गरिरहेको छ।

जनतासँग जोडिएर काम गर्दा सन्तुष्टी
सांसद् हुनुअघि पनि गाउँमा सामाजिक विकासका काममा उनी सक्रिय नै थिए। तर, सांसद् भइसकेपछि त्यो कार्यभार अझ माथिल्लो तहमा पुग्यो। जनताका समस्या सीधा सरकारसँग पुर्‍याउन सक्दा उनी सन्तुष्ट छन्। जनप्रतिनिधि भइसकेपछि भौतिक विकासमा मात्रै जोडिनुभन्दा पनि जनताका स–साना दुःखसँग समेत जोडिनुपर्ने उनको बुझाइ छ। 
रसाइली भन्छन्, ‘मप्रति जनताको ठूलो अपेक्षा थियो। ऐतिहासिक, प्रशासनिक, राजनीतिक र समावेशी सहभागिताका हिसाबले म सन्तुष्ट छु’, उनी भन्छन्। 

तर, विकास निर्माणका सवालमा भने उनी आफूले जनचाहना अनुसार ठूला आयोजना पार्न असफल भएको बताउँछन्। ‘अशिक्षा, गरिबी, बेरोजगारी, सामाजिक न्याय र स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्। तर, सोचेजस्तो सबै काम नहुने रहेछ। त्यसमा भने पहल थाल्न चुकेँ। यसमा मलाई आत्मग्लानी छ,’ उनले भने। 

उनले राजनीतिलाई जीवनपद्धतिको सेवाका रुपमा बुझेका छन्। कुनै न कुनै दिन आफूले राखेका समस्याको समाधान हुनेमा उनी विश्वस्त छन्।

यस श्रृंखलाका थप सामग्रीहरू :
रोष्ट्रममा समिना हुसेन : एक कलम र एक किताबले संसार बदल्न सक्छ
आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्
प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:२३
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्