• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् अनुभव

आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्

64x64
धनु विश्वकर्मा बुधबार, असार २२, २०७९  ०७:४५
1140x725

काठमाडौं– सांसद् आशाकुमारी विकले २०७८ साउन १२ को प्रतिनिधिसभा बैठकमा पब्जी र फ्रि-फायर जस्ता अनलाइन खेल बन्द गर्न माग गरिन्। शून्य समयमा बोल्दै उनले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बनिरहेको बताएकी थिइन्। त्यति बेला उनको भनाइ धेरै सञ्चारमाध्यमले महत्त्वका साथ प्रसारण गरेका थिए।

उनलाई संसद्‍मा बोल्ने अवसर धेरै प्राप्त हुँदैन। ठूला नेताले धेरै अवसर लिँदा आफूहरु ढ्यापढ्यापे र शून्य समयमा मात्र बोल्न पाउने गरेकाे अधिकांशको गुनासो छ। तर, उनले त्यस्तै समयको उपयोग गरेर भए पनि जिल्ला र देशका समस्या उठाउने गरेकी छिन्।

बझाङकी विक प्रतिनिधिसभाकी समानुपातिक सदस्य हुन्। संसद्‍मा उनको यो पहिलो यात्रा हो।

खर्चिलो चुनावका कारण उनलाई आफ्नो संसद् यात्रा अन्तिम हुने त होइन भन्ने चिन्ता छ।  'संसदमा यही पो अन्तिम हुन्छ कि' उनले हाँस्दै भनिन्, 'चुनाव खर्चिलो भैसकेको छ। जबसम्म चुनावको स्वरुप फरिँदैन् महिला, दलित, तथा उत्पीडित समुदायका मान्छे सजिलै संसद्‍मा पाइला टेक्ने अवस्था छैन। ओहो! साह्रै ग्राहो छ।'

महिला, दलित र पिछडा वर्गलाई समाजले अर्कै कित्तामा राखेकाले निर्वाचनमा टिकट पाउनु र जित्नु सहज नभएको उनी बताउँछिन्। 'समुदायका जनताले टिकट लिएर आउनु भन्छन्। तर पैसा छैन, गएको स्थानीय तहको निर्वाचनमा पनि दलित जनप्रतिनिधि उम्मेदवार भएको क्षेत्रमा हारेको देखियो। अब हौंसिएर मात्र काम छैन। महिला, दलित र पिछडा वर्ग भन्ने बित्तिकै समाजले अर्को कित्तामा राखेको छ,' उनी भन्छिन्। 

विक २०५९ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भइन्। त्यसअघि पार्टीका जनवर्गीय र तल्ला कमिटीमा थीइन्। स्थानीय राजनीतिक गतिविधिमा लामो समय काम गरेकी उनी २०६८ सालमा महिला जिल्ला समन्वय समिति उपाध्यक्ष बनिन्। 

नेकपा एमालेको जनवर्गीय संगठन मुक्ति समाजको प्रदेश सदस्य भएकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बन्दै निरन्तर राजनीतिक यात्रामा छिन्।

२०७४ सालमा भएको संघीय संसद्को निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट समानुपातिक सदस्य बनेकी हुन्। पाँच वर्षमा प्रतिनिधिसभा सदस्य भएर आफूले गरेको कामबाट खुसी रहेको उनी बताउँछिन्। सांसद् भएर गर्न सक्ने काम धेरै भए पनि नसकिएको उनको स्वीकारोक्ति छ। 

Ncell 2
Ncell 2

संसद्‌मा आउँदा आफू काँचो माटो भएको विक बताउँछिन्। 'काँचो माटो थिएँ, थोरै भए पनि आकार पाएको छु भन्ने लाग्छ। संसदीय अभ्यास, संसदमा कसरी बोल्ने, आफना क्षेत्रका सवाल वा राष्ट्रिय मुद्दा कसरी उठाउने भनेर पाँच वर्षमा राम्रो सिकाई भयो'  उनी भन्छिन्। 

तर, प्रत्यक्ष र समानुपातिक सांसद्का बीचमा गरिने विभेदले निकै ठूलो असर पारेको उनको अनुभव छ। प्रत्यक्ष जितेर आएका मात्र वैधानिक हुन्, समानुपातिक सांसद् पार्टीको खल्तीबाट वा नेताको आर्शीवाद पाएर आएका हुन् जस्तो व्यवहारले भने निकै मन पोल्छ, उनलाई। समानुपातिक भनेको कुनै योग्यता, क्षमता नभएका आउँछन् भन्ने मानिसमा लाग्न सक्ने भएकाले त्यस्तो भ्रम चिर्न बाँकी रहेको उनी बताउँछिन्। 

यो पाँच वर्षको समयमा राजनीतिमा निकै उथलपुथल भएको र राम्रा/नराम्रा दुवै अनुभव भएको उनको भनाइ छ। 

यही अवधिमा उनले बेलायत घुम्ने अवसर पाइन्। त्यहाँका सरकारको प्रणाली देखेर उनी प्रभावित भइन्। नेपालको संसद्ले पनि बेलायतको संसद्‍बाट सिकेको उनी बताउँछिन्। 'उता सबै कुराको प्रकिया छ। त्यही अनुरुप अगाडि बढ्छ। तर यहाँ त्यस्तो छैन', बेलायतको संसद्‍ भ्रमणबारे उनले भनिन्। 

सुरुसुरुमा संसद्‍ बैठकमा आफ्ना कुरा राख्न डराउने उनी अहिले शून्य समयमा प्राय: आफ्ना कुरा राखिरहेकी हुन्छिन्। 'पहिला कसरी बोल्ने भनेर डर लाग्थ्यो। एकदम गाह्रो भयो।विशेष समय नपाउने। एक मिनेटमा आफ्ना समस्या राखिसक्नुपर्ने रहेछ' संसद्‍बारे उनको अनुभव छ। 

ढ्याप ढ्यापे समयमा दुई पटक आफ्ना मुद्दा उठाएको उनी बताउँछिन्। बझाङको सैपाल गाउँपालिकामा भोकमरीको समस्या र सुर्मा गाउँपालिकामा यार्सा टिप्न गएकी महिलाको दुर्घटन भएको सम्बन्धमा संसदमा उनले कुरा राखिन्। 'विशेष समयमा पार्टीका ठूला नेताले ठाउँ पाउँछन्। हामीललाई कुनै हस्तक्षप नहुने भनेको शून्य समयमा हो' उनले भनिन्।

एक मिनेटमा प्राय: आफ्ना क्षेत्रका सवाल उठाउने गरेकी उनले राष्ट्रिय मुद्दामा पनि आवाज नउठाएकी होइनन्। पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका र उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको र यसले पछि गएर मानसिक रोगी बन्न सक्ने भन्दै नेपालमा यस्ता अनलाइन खेल बन्द गर्न उनले माग गरेकी थिइन्।

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गएको जेठ २५ गतेको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामासमेत मागेकी थिइन्। देशभर बलात्कारका घटना बढेको र रोल्पा कारागारका ‘कैदी’ सुन्दर हरिजनको रहस्मय मृत्युको विषयलाई लिएर उनले खाँणको राजीनामा मागेकी थिइन्। उनले भनेकी थिइन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन्। रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो। यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’

आफूले भूगोल, विकास, महिलाका सवाल र दलितका विषयमा संसद्‍मा प्रश्न उठाएको उनी बताउँछिन्। 'संसद्‍मा गए धेरै गर्छु भन्ने लागेको थियो। मनमा लागेका हरेक कुरा उठाउँछु लागेको थियो। तर, त्यस्तो नहुने रहेछ' उनले भनिन्।संसद्‍मा उठाएको कुरा कार्यान्वयन हुन्छ भन्ने लागेको भए पनि त्यो ठयाक्कै उल्टो हुने गरेको उनको अनुभव छ। 

वन तथा वातावरण राज्यमन्त्री भएर काम गरेको अनुभव पनि उनीसँग छ। उनी प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सदस्य छिन्। त्यहाँ चाँहि आफ्ना समस्या मजाले राख्न मिल्ने उनी बताउँछिन्। समितिले सरकारलाई निर्देशित गरेका कुरा पनि कार्यान्व्यन नहुने गरेको र त्यो देख्दा नराम्रो लागेको उनले बताइन्। 

यो वर्षको बजेटमा 'बझाङ' अक्षर खोज्नै धौधौ परेको उनी बताउँछिन्। 'यसरी दुर्गमको प्रतिनिधित्व गरेर हामी आएका हुन्छौं तर, राज्य संयन्त्रले सुन्दैन। बजेटमा बझाङ खोज्नै मुस्किल परेपछि हामीले जनतालाई के जवाफ दिने?' उनको भनाइ छ।

भूगोल, समुदाय र महिलाका लागि सांसद्को रुपमा आफूले गर्नु पर्ने विषय धेरै भएको भए पनि नसकेको उनी स्वीकार्छिन्। 'सोचेजस्तो नहुँदो रैछ' उनी भन्छिन्। 

सांसद्को रुपमा चार वर्ष विताएकी उनले जिल्लामा के-के काम गरें भनेर प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिइन्। एक सांसद्का रुपमा उनीसँग बझाङका मान्छेले निकै आशा गरेका छन्।  खानेपानी, सिँचाई, सडक, शिक्षा, स्वास्थ्य सामाजिक विकास सबै सबै सांसदले गर्ने हो भन्ने समुदायको बुझाइ रहेको छ तर, कतिपय कुरा सांसद्ले गर्न नसक्ने उनी बताउँछिन्। 

स्थानीय तहले जनताका समस्या सम्बोधन गरेनन् भने सांसद्लाई समस्या समाधानको आग्रह गर्दै फोन आउँछ। फोन गर्नेहरुलाई सम्बोधन नगरे 'हाम्रो मान्छे भएर पनि केहि गरिदिएन' भन्ने मानसिकता नागरिकमा हुने उनको अनुभव छ। 'केही काम गरिदिएन भने सांसद् भएर पनि त्यति नगरिदिएको भन्ने उहाँहरुको कुरा हुन्छ' सांसद् विकले भनिन्, 'तर, सोचेजस्तो सजिलो नहुने रहेछ।'

सिंहदरबारभित्र सांसद्‍लाई बस्ने स्थान नभएको उनको गुनासो छ। कार्यकर्ता, शुभचिन्तक आए होटेलमा लगेर भेट्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ आइतबार, असार १९, २०७९

खर्चिलो भएका कारण जिल्लाबाट आएका नेता कार्यकर्ता र जनतालाई खाजा नास्ता खुवाएर राख्न सकिने अवस्था नरहेको अनुभव छ। 'जिल्लाबाट जो आउँछ, भेट्न आउँनुपर्छ। बिरामी हुँदा, विद्यार्थी पढ्न आउँदा वा अरु केहि समस्या हुँदा त्यहाँ पुग्नैपर्छ', उनी भन्छिन्, 'सांसद्‍को तलबभत्ता ६०/ ६५ हजार हो, त्यतिले मात्र खर्च पुर्‍याउन मुस्किल हुन्छ।'

सांसदहरुलाई प्रविधिसँग जोड्न राज्यले नसकेको उनी बताउँछिन्। पहिला सबै सांसदलाई ल्यापटप दिने भनिएको भए पनि संसद्‌मा त्यसको विरोध भएको थियो। 'हुनेखाने सांसदले विरोध गरे। दुर्गम र सुगमका सांसदले पाउने सेवासुविधा बराबर छ। नजिकका सांसद पटक पटक आफनो क्षेत्रमा गएर जनतासँग जोडिन्छन्। तर, हामीजस्ता विकटका सांसद्लाई समस्या छ। त्यसका लागि राज्यले प्राविधिकरुपमा जोड दिन आवश्यक छ' उनले भनिन्।

संसद्‍ सचिवालयले वर्षमा दुई पटक सांसदलाई जिल्ला आउँजाउँको खर्च दिने व्यवस्था छ। त्यसबाहेक जिल्ला गए/आएको खर्च स्वयं सांसदले गर्नुपर्ने हुन्छ।

'सांसदलाई वर्षमा दुई पटक मात्र जिल्ला जाने आउने व्यवस्था हुन्छ। तर, धेरै पटक जाँदा दुर्गममा पुग्न निकै ठूलो खर्च हुन्छ। त्यसैले सुगम र दुर्गमका लागि राज्यले गर्ने व्यवहार फरक हुनुपर्छ' उनले भनिन्। 

खर्च धेरै लाग्ने भए पनि उनी यसबीचमा २२ पटक जिल्ला पुगेको दाबी गर्छिन्। धेरैले नेतालाई गाली गर्ने गरेको भए पनि वास्तविकता फरक रहेको उनको तर्क छ।

दुर्गमका सांसदलाई कर्मचारीले समेत वेवास्ता गर्न र योजनाहरु पार्न सहयोग नगर्ने गरेको उनको अनुभव छ। 'पहिला बझाङका समस्या लिएर सिंहदरबार भित्र छिर्दा कर्मचारीले संविधान पढाउँछन्। मन लागे एक/दुई लाखको योजना हालिदिन्छन्। नत्र हाल्दैनन्' उनले भनिनन्।

केहि ठूला योजना संघले गर्ने र सानोतिनो प्रदेश तथा स्थानीय तहले गर्ने हो भनेर मन्त्रालयका कर्मचारीले टार्ने गरेको उनी बताउँछिन्। जनप्रतिनिधिलाई पनि योजना पार्न कर्मचारीमा चिनजान आवश्यक रहने उनको अनुभव छ। 'चिनजान छ भने सजिलै योजना पर्छन् नत्र जहाँ पनि पहुँचवालाको मात्र हालिमुहाली छ,' उनले भनिन्। नेपालमा कर्मचारीतन्त्र हाबी रहेको उनी बताउँछिन्। 

पछिल्लो समय तत्कालीन नेकपामा आएको विभाजनले पनि राष्ट्रिय रुपमा असर गरेको र सम्वृद्धिको यात्रामा असर परेको उनको दाबी छ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०७:४५
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्