• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् अनुभव

आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्

64x64
धनु विश्वकर्मा बुधबार, असार २२, २०७९  ०७:४५
1140x725

काठमाडौं– सांसद् आशाकुमारी विकले २०७८ साउन १२ को प्रतिनिधिसभा बैठकमा पब्जी र फ्रि-फायर जस्ता अनलाइन खेल बन्द गर्न माग गरिन्। शून्य समयमा बोल्दै उनले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बनिरहेको बताएकी थिइन्। त्यति बेला उनको भनाइ धेरै सञ्चारमाध्यमले महत्त्वका साथ प्रसारण गरेका थिए।

उनलाई संसद्‍मा बोल्ने अवसर धेरै प्राप्त हुँदैन। ठूला नेताले धेरै अवसर लिँदा आफूहरु ढ्यापढ्यापे र शून्य समयमा मात्र बोल्न पाउने गरेकाे अधिकांशको गुनासो छ। तर, उनले त्यस्तै समयको उपयोग गरेर भए पनि जिल्ला र देशका समस्या उठाउने गरेकी छिन्।

बझाङकी विक प्रतिनिधिसभाकी समानुपातिक सदस्य हुन्। संसद्‍मा उनको यो पहिलो यात्रा हो।

खर्चिलो चुनावका कारण उनलाई आफ्नो संसद् यात्रा अन्तिम हुने त होइन भन्ने चिन्ता छ।  'संसदमा यही पो अन्तिम हुन्छ कि' उनले हाँस्दै भनिन्, 'चुनाव खर्चिलो भैसकेको छ। जबसम्म चुनावको स्वरुप फरिँदैन् महिला, दलित, तथा उत्पीडित समुदायका मान्छे सजिलै संसद्‍मा पाइला टेक्ने अवस्था छैन। ओहो! साह्रै ग्राहो छ।'

महिला, दलित र पिछडा वर्गलाई समाजले अर्कै कित्तामा राखेकाले निर्वाचनमा टिकट पाउनु र जित्नु सहज नभएको उनी बताउँछिन्। 'समुदायका जनताले टिकट लिएर आउनु भन्छन्। तर पैसा छैन, गएको स्थानीय तहको निर्वाचनमा पनि दलित जनप्रतिनिधि उम्मेदवार भएको क्षेत्रमा हारेको देखियो। अब हौंसिएर मात्र काम छैन। महिला, दलित र पिछडा वर्ग भन्ने बित्तिकै समाजले अर्को कित्तामा राखेको छ,' उनी भन्छिन्। 

विक २०५९ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भइन्। त्यसअघि पार्टीका जनवर्गीय र तल्ला कमिटीमा थीइन्। स्थानीय राजनीतिक गतिविधिमा लामो समय काम गरेकी उनी २०६८ सालमा महिला जिल्ला समन्वय समिति उपाध्यक्ष बनिन्। 

नेकपा एमालेको जनवर्गीय संगठन मुक्ति समाजको प्रदेश सदस्य भएकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बन्दै निरन्तर राजनीतिक यात्रामा छिन्।

२०७४ सालमा भएको संघीय संसद्को निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट समानुपातिक सदस्य बनेकी हुन्। पाँच वर्षमा प्रतिनिधिसभा सदस्य भएर आफूले गरेको कामबाट खुसी रहेको उनी बताउँछिन्। सांसद् भएर गर्न सक्ने काम धेरै भए पनि नसकिएको उनको स्वीकारोक्ति छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संसद्‌मा आउँदा आफू काँचो माटो भएको विक बताउँछिन्। 'काँचो माटो थिएँ, थोरै भए पनि आकार पाएको छु भन्ने लाग्छ। संसदीय अभ्यास, संसदमा कसरी बोल्ने, आफना क्षेत्रका सवाल वा राष्ट्रिय मुद्दा कसरी उठाउने भनेर पाँच वर्षमा राम्रो सिकाई भयो'  उनी भन्छिन्। 

तर, प्रत्यक्ष र समानुपातिक सांसद्का बीचमा गरिने विभेदले निकै ठूलो असर पारेको उनको अनुभव छ। प्रत्यक्ष जितेर आएका मात्र वैधानिक हुन्, समानुपातिक सांसद् पार्टीको खल्तीबाट वा नेताको आर्शीवाद पाएर आएका हुन् जस्तो व्यवहारले भने निकै मन पोल्छ, उनलाई। समानुपातिक भनेको कुनै योग्यता, क्षमता नभएका आउँछन् भन्ने मानिसमा लाग्न सक्ने भएकाले त्यस्तो भ्रम चिर्न बाँकी रहेको उनी बताउँछिन्। 

यो पाँच वर्षको समयमा राजनीतिमा निकै उथलपुथल भएको र राम्रा/नराम्रा दुवै अनुभव भएको उनको भनाइ छ। 

यही अवधिमा उनले बेलायत घुम्ने अवसर पाइन्। त्यहाँका सरकारको प्रणाली देखेर उनी प्रभावित भइन्। नेपालको संसद्ले पनि बेलायतको संसद्‍बाट सिकेको उनी बताउँछिन्। 'उता सबै कुराको प्रकिया छ। त्यही अनुरुप अगाडि बढ्छ। तर यहाँ त्यस्तो छैन', बेलायतको संसद्‍ भ्रमणबारे उनले भनिन्। 

Xtrem

Xtrem

सुरुसुरुमा संसद्‍ बैठकमा आफ्ना कुरा राख्न डराउने उनी अहिले शून्य समयमा प्राय: आफ्ना कुरा राखिरहेकी हुन्छिन्। 'पहिला कसरी बोल्ने भनेर डर लाग्थ्यो। एकदम गाह्रो भयो।विशेष समय नपाउने। एक मिनेटमा आफ्ना समस्या राखिसक्नुपर्ने रहेछ' संसद्‍बारे उनको अनुभव छ। 

ढ्याप ढ्यापे समयमा दुई पटक आफ्ना मुद्दा उठाएको उनी बताउँछिन्। बझाङको सैपाल गाउँपालिकामा भोकमरीको समस्या र सुर्मा गाउँपालिकामा यार्सा टिप्न गएकी महिलाको दुर्घटन भएको सम्बन्धमा संसदमा उनले कुरा राखिन्। 'विशेष समयमा पार्टीका ठूला नेताले ठाउँ पाउँछन्। हामीललाई कुनै हस्तक्षप नहुने भनेको शून्य समयमा हो' उनले भनिन्।

एक मिनेटमा प्राय: आफ्ना क्षेत्रका सवाल उठाउने गरेकी उनले राष्ट्रिय मुद्दामा पनि आवाज नउठाएकी होइनन्। पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका र उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको र यसले पछि गएर मानसिक रोगी बन्न सक्ने भन्दै नेपालमा यस्ता अनलाइन खेल बन्द गर्न उनले माग गरेकी थिइन्।

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गएको जेठ २५ गतेको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामासमेत मागेकी थिइन्। देशभर बलात्कारका घटना बढेको र रोल्पा कारागारका ‘कैदी’ सुन्दर हरिजनको रहस्मय मृत्युको विषयलाई लिएर उनले खाँणको राजीनामा मागेकी थिइन्। उनले भनेकी थिइन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन्। रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो। यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।’

आफूले भूगोल, विकास, महिलाका सवाल र दलितका विषयमा संसद्‍मा प्रश्न उठाएको उनी बताउँछिन्। 'संसद्‍मा गए धेरै गर्छु भन्ने लागेको थियो। मनमा लागेका हरेक कुरा उठाउँछु लागेको थियो। तर, त्यस्तो नहुने रहेछ' उनले भनिन्।संसद्‍मा उठाएको कुरा कार्यान्वयन हुन्छ भन्ने लागेको भए पनि त्यो ठयाक्कै उल्टो हुने गरेको उनको अनुभव छ। 

वन तथा वातावरण राज्यमन्त्री भएर काम गरेको अनुभव पनि उनीसँग छ। उनी प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सदस्य छिन्। त्यहाँ चाँहि आफ्ना समस्या मजाले राख्न मिल्ने उनी बताउँछिन्। समितिले सरकारलाई निर्देशित गरेका कुरा पनि कार्यान्व्यन नहुने गरेको र त्यो देख्दा नराम्रो लागेको उनले बताइन्। 

यो वर्षको बजेटमा 'बझाङ' अक्षर खोज्नै धौधौ परेको उनी बताउँछिन्। 'यसरी दुर्गमको प्रतिनिधित्व गरेर हामी आएका हुन्छौं तर, राज्य संयन्त्रले सुन्दैन। बजेटमा बझाङ खोज्नै मुस्किल परेपछि हामीले जनतालाई के जवाफ दिने?' उनको भनाइ छ।

भूगोल, समुदाय र महिलाका लागि सांसद्को रुपमा आफूले गर्नु पर्ने विषय धेरै भएको भए पनि नसकेको उनी स्वीकार्छिन्। 'सोचेजस्तो नहुँदो रैछ' उनी भन्छिन्। 

सांसद्को रुपमा चार वर्ष विताएकी उनले जिल्लामा के-के काम गरें भनेर प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिइन्। एक सांसद्का रुपमा उनीसँग बझाङका मान्छेले निकै आशा गरेका छन्।  खानेपानी, सिँचाई, सडक, शिक्षा, स्वास्थ्य सामाजिक विकास सबै सबै सांसदले गर्ने हो भन्ने समुदायको बुझाइ रहेको छ तर, कतिपय कुरा सांसद्ले गर्न नसक्ने उनी बताउँछिन्। 

स्थानीय तहले जनताका समस्या सम्बोधन गरेनन् भने सांसद्लाई समस्या समाधानको आग्रह गर्दै फोन आउँछ। फोन गर्नेहरुलाई सम्बोधन नगरे 'हाम्रो मान्छे भएर पनि केहि गरिदिएन' भन्ने मानसिकता नागरिकमा हुने उनको अनुभव छ। 'केही काम गरिदिएन भने सांसद् भएर पनि त्यति नगरिदिएको भन्ने उहाँहरुको कुरा हुन्छ' सांसद् विकले भनिन्, 'तर, सोचेजस्तो सजिलो नहुने रहेछ।'

सिंहदरबारभित्र सांसद्‍लाई बस्ने स्थान नभएको उनको गुनासो छ। कार्यकर्ता, शुभचिन्तक आए होटेलमा लगेर भेट्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ आइतबार, असार १९, २०७९

खर्चिलो भएका कारण जिल्लाबाट आएका नेता कार्यकर्ता र जनतालाई खाजा नास्ता खुवाएर राख्न सकिने अवस्था नरहेको अनुभव छ। 'जिल्लाबाट जो आउँछ, भेट्न आउँनुपर्छ। बिरामी हुँदा, विद्यार्थी पढ्न आउँदा वा अरु केहि समस्या हुँदा त्यहाँ पुग्नैपर्छ', उनी भन्छिन्, 'सांसद्‍को तलबभत्ता ६०/ ६५ हजार हो, त्यतिले मात्र खर्च पुर्‍याउन मुस्किल हुन्छ।'

सांसदहरुलाई प्रविधिसँग जोड्न राज्यले नसकेको उनी बताउँछिन्। पहिला सबै सांसदलाई ल्यापटप दिने भनिएको भए पनि संसद्‌मा त्यसको विरोध भएको थियो। 'हुनेखाने सांसदले विरोध गरे। दुर्गम र सुगमका सांसदले पाउने सेवासुविधा बराबर छ। नजिकका सांसद पटक पटक आफनो क्षेत्रमा गएर जनतासँग जोडिन्छन्। तर, हामीजस्ता विकटका सांसद्लाई समस्या छ। त्यसका लागि राज्यले प्राविधिकरुपमा जोड दिन आवश्यक छ' उनले भनिन्।

संसद्‍ सचिवालयले वर्षमा दुई पटक सांसदलाई जिल्ला आउँजाउँको खर्च दिने व्यवस्था छ। त्यसबाहेक जिल्ला गए/आएको खर्च स्वयं सांसदले गर्नुपर्ने हुन्छ।

'सांसदलाई वर्षमा दुई पटक मात्र जिल्ला जाने आउने व्यवस्था हुन्छ। तर, धेरै पटक जाँदा दुर्गममा पुग्न निकै ठूलो खर्च हुन्छ। त्यसैले सुगम र दुर्गमका लागि राज्यले गर्ने व्यवहार फरक हुनुपर्छ' उनले भनिन्। 

खर्च धेरै लाग्ने भए पनि उनी यसबीचमा २२ पटक जिल्ला पुगेको दाबी गर्छिन्। धेरैले नेतालाई गाली गर्ने गरेको भए पनि वास्तविकता फरक रहेको उनको तर्क छ।

दुर्गमका सांसदलाई कर्मचारीले समेत वेवास्ता गर्न र योजनाहरु पार्न सहयोग नगर्ने गरेको उनको अनुभव छ। 'पहिला बझाङका समस्या लिएर सिंहदरबार भित्र छिर्दा कर्मचारीले संविधान पढाउँछन्। मन लागे एक/दुई लाखको योजना हालिदिन्छन्। नत्र हाल्दैनन्' उनले भनिनन्।

केहि ठूला योजना संघले गर्ने र सानोतिनो प्रदेश तथा स्थानीय तहले गर्ने हो भनेर मन्त्रालयका कर्मचारीले टार्ने गरेको उनी बताउँछिन्। जनप्रतिनिधिलाई पनि योजना पार्न कर्मचारीमा चिनजान आवश्यक रहने उनको अनुभव छ। 'चिनजान छ भने सजिलै योजना पर्छन् नत्र जहाँ पनि पहुँचवालाको मात्र हालिमुहाली छ,' उनले भनिन्। नेपालमा कर्मचारीतन्त्र हाबी रहेको उनी बताउँछिन्। 

पछिल्लो समय तत्कालीन नेकपामा आएको विभाजनले पनि राष्ट्रिय रुपमा असर गरेको र सम्वृद्धिको यात्रामा असर परेको उनको दाबी छ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०७:४५
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री... शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्