• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् अनुभव

रोष्ट्रममा समिना हुसेन : एक कलम र एक किताबले संसार बदल्न सक्छ

64x64
धनु विश्वकर्मा मंगलबार, असार २८, २०७९  ०७:१५
1140x725

काठमाडौं— पहिलो पटक संसद् बैठकमा पाइला टेक्दै गर्दा समिना हुसेनलाई उकुसमुकुस भयो। जनताका यति धेरै समस्या थिए कि, उनलाई खराखर सुनाउन मन थियो। तर, केही गलत बोलिहालिन्छ कि भन्ने डर पनि उस्तै थियो।

प्रतिनिधि सभाका केही बैठकमा उनी स्रोता मात्र भइन्। कसले के बोल्छन् भन्ने सुनिरहिन्। ‘गाउँमा सभा सम्मेलनमा भाषण गरेकै हो। तर, संसद्मा उभिँदा केही दिन त आत्मविश्वास नै हराउने रैछ,’ उनले भनिन्, ‘अरुले कसरी र के बोलिरहेका छन् भन्ने देख्ने र सुन्ने गरेपछि संसदीय परिपाटी बुझियो।’

त्यसपछि उनी आफू पनि मुखर हुन थालिन्। शून्य समय र ढ्यापढ्यापेमा बोल्न थालिन्। केहीपछि उनले बोल्नका लागि तीन मिनेट समय पाइन्। त्यति बेला उनको पार्टी सत्तामा थियो। संसद्मा पेस भएको नीति तथा कार्यक्रममा बहस जारी थियो। विपक्षी दलका सांसद्ले नीति तथा कार्यक्रम ठीक नभएको आरोप लगाइरहेका थिए।

समिना बोल्नका लागि पहिलो पटक रोष्ट्रममा पुगिन्। उनले पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईको भनाइसहित आफ्ना कुरा राखिन्। ‘एक कलम र एक किताबले संसार बदल्न सक्छ भने यो संसद्मा पेस भएको नीति तथा कार्यक्रमले पनि परिवर्तन ल्याउँछ। त्यसैले उत्कृष्ट छ,’ उनले दाबीका साथ भनेकी थिइन्।

सुरुमा ढ्यापढ्यापे र शून्य समयमा उठाउने विषयबारे अन्योल हुन्थ्यो। रोष्ट्रममा उभिएर बोलेको तीन मिनेटले उनको आत्मविश्वास बढ्यो। ‘अहिले त म तीन मिनेट होइन, विभिन्न सरोकारका विषयमा आधा घन्टा पनि बोल्न सक्छु,’ उनी भन्छिन्।

संसद्‍मा शून्य समयबाहेक अन्य बेला बोल्न पाउनै मुस्किल हुन्छ। अन्य समयमा बोल्नका लागि प्रमुख सचेतकलाई नाम टिपाउनुपर्छ। ‘नाम टिपाउन गयो भने सचेतकले आज अरु माननीयज्यूहरूले नाम टिपाइसक्नु भयो, भोलि मात्र भन्छन्। फेरि नाम टिपाउन गयो। आज ढिला गर्नुभयो अर्को चोटी भन्छन्,’ उनले भनिन्, ‘दलका शीर्ष नेताहरूको मर्यादाक्रमअनुसार बोल्न पाउने रैछ। संसद्मा बोल्न संघर्ष गर्नुपर्लाजस्तो लागेको थिएन, यहाँको चलनै यस्तो रैछ।’

दलको सांसद् संख्याअनुसार बोल्ने कोटा हुन्छ। शीर्ष नेताले बोल्न चाहँदा उनीहरू नै प्राथमिकतामा पर्छन्। तर, शून्य समयमा भने सीधै नाम टिपाएर बोल्न पाइने हुनाले उनले बढी त त्यसैको उपयोग गरिन्।

यो पनि पढ्नुहोस् :
आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्

Ncell 2
Ncell 2
nimb
nimb

उनी प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छिन्। समिति बैठकमा भने उनले खुलेर बोल्न पाएकी छिन्। किनभने, त्यहाँ कसैलाई बोल्न बन्देज छैन र तोकिएको विषयमा छलफलमा भाग लिन पाइन्छ। समितिमा जेजति विषयमा बोलिन्, पाँच वर्षको संसद् अनुभवमा उनलाई त्यही सबैभन्दा महत्त्वपूर्ण लागेको छ।

उपमेयर अस्वीकार गरेर संसद्‍मा
रौतहटको मुस्लिम समुदायकी समिना हुसेनले सांसद् हुने कल्पना सायदै गरेकी थिइन्। तर, उनलाई नेकपा एमालेले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनायो।

‘राजनीतिमा लामो समयदेखि लागेका धेरै जनाको नाम समानुपातिक सूचीमा थियो। त्यसैले अन्तिम सूचीमा मेरो नाम आउँछ भन्नेमा आशंका लागेको थियो,’ समिना भन्छिन्।

त्यसअघि एमालेले उनलाई अर्को अवसर पनि दिइसकेकाले सांसद् बनिएला भन्ने नलाग्नु स्वाभाविक थियो। उनलाई एमालेले त्यही वर्ष भएको स्थानीय निर्वाचनमा रौतहटको कटहरी नगरपालिकामा उपमेयरको उम्मेदवार बनाउन चाहेको थियो। तर, उनले अस्वीकार गरेकी थिइन्। संघीय संसद्मा नै जान पाए कानुन र नीति निर्माणका लागि भूमिका खेल्न सक्ने उनको विश्वास थियो। 

Xtrem

Xtrem

एमालेले समानुपातिक सांसद्को नाम सार्वजनिक गर्दा उनी पनि परिन्। उनी राजनीतिक परिवारबाटै आएकी हुनाले पनि आफ्नो क्षमतामा पार्टीले विश्वास गरेको उनको अनुमान छ। उनकी आमाले एमालेको गाउँ कमिटीमा रहेर काम गरिसकेकी थिइन्। बुबा एमडी हुसेन एमालेको जनसांस्कृतिक संगठनको केन्द्रीय सदस्य थिए। उनका श्रीमान मम्ताज आलाम पनि जिल्ला कमिटी सदस्य छन्। 

सक्रिय राजनीतिमा लाग्नुअघि उनी भने सामाजिक क्षेत्रमा थिइन्। ‘मुस्लिम महिला सशक्तीकरण’ नामको परियोजनामा उनले काम गरेकी थिइन्। उनी मुस्लिम महिलाहरूको सशक्तिकरणका लागि प्रशिक्षण दिन्थिन्। यसैबीच उनी एमालेको गाउँ कमिटीमा आबद्ध भइन्। गाउँ कमिटी सचिव भएर उनको राजनीतिक यात्रा सुरु भएको थियो। 

उनी क्षेत्रीय कमिटि सदस्य हुँदै जिल्ला कमिटी सदस्य बनिन्। त्यसपछि अखिल नेपाल महिला संघ रौतहटको सचिवको जिम्मेवारी प्राप्त गरिन्। अहिले उनी एमालेको केन्द्रीय सदस्य छिन्।

संसद्‍मा जान पाए ऐन बनाएर मुस्लिम समुदायका महिलाको लागि समान ज्याला र सामाजिक न्याय दिलाउन सकिने उनमा विश्वास थियो। उनी भन्छिन्, ‘समाज फराकिलो भइसकेको छ, तर मुस्लिम महिलालाई स्वतन्त्रता छैन। उनीहरूको सामाजिक, आर्थिक र राजनितिक मुद्दा उठाउन म संसद्मा जानुपर्छ भन्ने लागेको थियो।’ 

तर, राजनितीक उतारचढाव र चलखेलका कारण आफूले ती काम गर्नै नपाएको उनी बताउँछिन्। संसद्मा भने उनले सक्रियतापूर्वक नै भाग लिन्छिन्। गएको जेठ ४ गते प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले तराईलाई बजेट छुट्याउँदा सरकारले ‘दाँतबाट पसिना निकाल्ने गरेको’ बताइन्। ‘कृषिप्रधान देश भनेर चिनाउने आधार भनेको तराईको ८० प्रतिशत भूभागमा गरिने खेतीपाती नै हो। त्यसैले, किसानका लागि समयमा नै मल र बीउ पुर्‍याउन राज्यले बजेटमा नै व्यवस्था गर्नुपर्छ,’ उनले भनेकी थिइन्।

1655970939_samina husen.JPG

प्रतिनिधि सभाको गएको जेठ २० गतेको बैठकमा मूल्यवृद्धि आफैँमा देश र जनताका लागि हानिकारक भएको बताइन्। सरकारले कालाबजारीको अनुमगन नगर्ने र स्वदेशी उत्पादनलाई प्रत्साहन नगर्ने गरेर मूल्यवृद्धि बढाउन सहयोग पुर्‍याएको बताएकी थिइन्।

उनी आमाको प्रेरणाबाट राजनीतिमा लागेको बताउँछिन्। उनकी आमाको माइती काठमाडौंको सामाखुशी हो। उनी क्षेत्री समुदायकी हुन्। बारा घर भएका बुवा मुस्लिम धर्मावलम्बी हुन्। 

आमा र बुवाले त्यसबेला बिहे गर्न विद्रोह नै गरेका थिए। उनीहरू समाज परिवर्तनका पक्षपाती थिए। त्यसैले समिनाले खुरुखुरु पढ्न पाइन्। त्यही पढाइले उनलाई संसद्सम्म पुर्‍याएको छ। त्यसैले उनले पहिलो पटक रोष्ट्रममा उभिँदा मलालाको भनाइ दोहोर्‍याएकी थिइन्, ‘एक कलम र एक किताबले संसार बदल्न सक्छ।’

समानुपातिक सांसद्लाई विभेद र अपमान!
स्व. रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा उनले मन्त्रालयमा योजना हालेकी थिइन्। त्यो योजना उपभोक्तामार्फतगर्न प्रदेशमा पठाएको र त्यहाँबाट स्थानीय तहमा पठाउने मन्त्रालयका कर्मचारीले जानकारी दिए। उनले कटहरी नगरपालिकामा फोन गरेर योजना आएको वा नआएको सोधिन्। तर, त्यहाँ त योजना नै गएको रहेनछ। 

मन्त्रालयका कर्मचारीले प्रत्यक्ष सांसद्ले भनेका सबै पुर्‍याइदिने तर, समानुपातिकका कुरै नसुन्ने गरेको उनी बताउँछिन्। ‘खोइ, कर्मचारीमा यो के मनोविज्ञान हो मैले अझै बुझ्न सकेको छैन,’ उनले भनिन्।

कुनै मन्त्रालयमा योजनाका लागि जाँदा कर्मचारीले भेटसमेत नदिने गरेको उनी बताउँछिन्। ‘कर्मचारी हामीजस्ता सोझा र त्यसमा पनि समानुपातिक सांसदलाई टेर्दैनन्,’ उनी भन्छिन्,‘कतै विकास योजनाको कुरा निकाल्यो कि ऐन, दफा पल्टाएर कुरा बटार्न सुरु गर्छन्। पहुँच छ भने फेरि काम एकैछिनमै भैहाल्छ।’

प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष सांसद् बस्ने छुट्टै सिट छैन, एकै प्रकारका र एकै ठाउँमा छन्। तर, समानुपातिकसांसद्‍माथि विभेद हुने गरेको उनको अनुभव छ। संसद्मा बोल्ने कुरामा, कर्मचारीले गर्ने व्यवहार, नेताहरुको मानसिकता समानुपातिकका हकमा विभेदकारी रहेको उनको गुनासो छ।

योजनाका लागि सांसद्ले कर्मचारी भेट्नुपर्ने प्रचलन पनि संसदीय व्यवस्थाविपरीत रहेको उनको भनाइ छ। ‘मन्त्री  त आउँछन्, जान्छन्। सिंहदरबार भनेको कर्मचारीको स्थायी अड्डा हो। मन्त्रीलाई नै टेर्दैनन् भने हामी झन् को हौँ र?’ उनले तीतो पोखिन्।

यो पनि पढ्नुहोस् :
प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ

संसद्‍मा आफना सवाल राख्न छुट्याइएको तीन मिनेट कम भएको उनको भनाइ छ। समस्याका चाङ अति धेरै भएकाले सीमित समयमा जनताका समस्या उठाउनै हम्मे पर्ने उनको अनुभव छ। 

त्यसो त संसदमा उठाएका विषय सरकारले कार्यान्वय नगर्ने उनको अनुभव छ। पछिल्लो दुई वर्षमा भएका राजनितिक उथलपुथलका कारण पनि सोचेअनुरुप काम गर्न नसकेको उनी बताउँछिन्। 

उनी आफूले गरेका कामबाट सन्तुष्ट भने हुन सकेकी छैनन्। ‘महिलाहरुको समस्या पार लाउन नसेकोमा आत्माग्लानी भएको छ। सबै दल सत्ताकेन्द्रित मात्र भएकाले जनताका समस्या जस्ताको त्यस्तै रहने अवस्था आयो,’ उनले भनिन्।

आगामी संसदीय निर्वाचनमा टिकट पाए उनी प्रत्यक्षमा उम्मेदवार बन्न चाहन्छिन्। ‘तर, हाम्रो समाज र सोच पितृसत्तावादी छ। पहिलो त, प्रत्यक्षमा टिकट पाउनै मुस्किल छ, पाइहाले जित्न झनै मुस्किल। मेरो प्रयास भने जारी रहन्छ,’ उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०७:१५
  • #संसद्_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री... शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्