काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।
मुख्यमन्त्री पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए। रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। सोमबार बिहानबाट हल्का ज्वरो आएपछि उनले चिकित्सकसँग परामर्श लिएका थिए।
सोमबारदेखि नै चिकित्सकको निगरानीमा रहेका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।
मुख्यमन्त्री पोखरेललाई अहिले पनि हल्का ज्वरो आइरहेको छ। तर, अक्सिजनको मात्रा र छातीको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन्।
बुधबार उनको थप स्वास्थ्य परीक्षण गर्ने तयारी हुँदै छ। मुख्यमन्त्री पोखरेलले पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।