काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्। वाग्लेले मंगलबार फेसबुकमा मोदीसँगको भेटको तस्बिर सार्वजनिक गरेका हुन् ।
वाग्लेले मंगलबार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो, Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रसारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ। १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभयो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न नपाएको चर्चा चलिरहँदा वाग्लेले यस्तो तस्बिर सार्वजनिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।