काठमाडौं- नेकपा एकीकृत समाजवादीले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ। सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले चार वटा निर्णय गरेको छ।
संगठन सुदृढीकरण अभियान तदारुकताका साथ अगाडि बढाउने निर्णय गरिएको छ। समाजवादीबारे पार्टीको अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने पनि निर्णय गरिएको छ।
त्यस्तै, वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव गर्ने भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।