फाइल तस्बिर
काठमाडौं- वैकल्पिक वामपन्थी दल समाजवादी केन्द्र निर्माणबारेमा छलफल गर्न तीन शीर्ष नेताको बैठक सिंहदरबारमा बसिरहेको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन्।
मंगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन छलफलमा सहभागी रहेका छन्।
एउटै पार्टी निर्माण गरेर अघि बढ्नेबारे छलफल केन्द्रित रहेको एक नेताले बताए।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।