काठमाडौं - पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनाव महँगो हुनुमा गलत उम्मेद्वार छनोट भएको टिप्पणी गरेका छन्। स्थानीय निर्वाचन सम्पन्न भएको दुई महिनापछि पूर्व आयुक्त पोखरेलले जनताको रोजाईको उम्मेद्वार बनाउन नसक्दा चुनाव महँगो भएको टिप्पणी गरेका हुन्।
मंगलबार सामाजिक सञ्जाल ट्विट मार्फत् सत्तारुढ दलका नेता शेर बहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सुझाव दिएका छन्।
पोखरेलले लेखेका छन्, 'उमेदवार छनोटको गलत प्रकृयाले चुनावमा दलबदल, विद्रोह, असहयोग, अन्तर्घात जस्ता प्रवृत्ति बढे। चुनाव महंगो हुने यो पनि कारण हो। त्यसैले, कार्यकर्ताको रोजाईमा परेको व्यक्ति उमेदवार बनाउन उमेदवार छनोटमा प्राइमरी चुनाव प्रकृयामा जाँउ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।