काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सरोकारवालाई निर्देशन दिएका छन्।
६०औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमनत्ती देउवाले सरोकारवालाबीच समन्वय गरेर विकास निर्माणका कामलाई गुणस्तरी बनाउन सबै पक्षलाई सचेत गराएका हुन्।
उनले जनताको आवश्यकता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माण गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरु थप क्रियाशील भएर काममा लाग्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको काम गर्ने क्रममा आएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए।
कुनै प्राविधिक समस्या आए सरकारलाई भन्न अनुरोध गर्दै देउवाले त्यस्ता समस्या समाधानका लागि सरकार सधैं तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।