• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेपाली फिल्ममा परिवर्तन

ग्रामीण परिवेश र वैकल्पिक कथा, प्रस्तुतिमा नयाँपन

64x64
युवराज भट्टराई मंगलबार, साउन ३, २०७९  ०७:१५
1140x725

काठमाडौं– गत महिना सिनेमा हलमा ‘चिसो मान्छे’ रिलिज भयो। उक्त फिल्ममा कथा मात्रै नौलो नभएर, प्रस्तुत गरिएको भूगोल पनि नयाँ थियो। फिल्ममा बाजुराको भूगोल र भाषालाई प्रस्तुत गरिएको थियो। 

ग्रामीण भूगोल र सुदूरपश्चिमको स्थानीय भाषा समेटेको फिल्मको केन्द्रमा महिला पात्र थिइन्। अभिनेत्री स्वस्तिमा खड्काले ‘पुष्पा’को भूमिका निभाएकी छिन्। फिल्मको कथाले मात्र नभइ उपकथाहरूले पनि महिला पात्रलाई महत्त्व दिएका छन्। 

प्रायः नेपाली फिल्मका भाषा, भूगोल र पात्रमा ग्रामीण चित्रणको गहिराइ पाइँदैन। एकै धारमा अघि बढिरहेको फिल्म पछिल्ला केही दशक यता शहरका कथाहरूमा केन्द्रित छन्। नेपाली फिल्मलाई परिवर्तनको बाटो देखाएको श्रेय दिइने ‘लुट’ पनि शहरको कथामा केन्द्रित छ।

लुटपछि बनेका धेरै फिल्म शहरकै कथामा केन्द्रित भए। तर, अहिले भने कथाको भूगोल र भाषामा फरकपन आउन थाल्यो। ‘चिसो मान्छे’जस्तै हाल प्रदर्शनको संघारमा रहेका ‘प्रकाश’, ‘राधा’, ‘पानीफोटो’जस्ता फिल्महरूले फरक कथा र फरक प्रस्तुतिलाई समाएका छन्।

कस्ता छन् फिल्ममा देखाइएका ग्रामीण भूगोल?
‘चिसो मान्छे’ले प्रस्तुत गरेको कथामा बाजुराको भाषा र भूगोल आफैंमा ‘एउटा पात्र’ बनेको छ। निर्देशक दिपेन्द्र के खनालले बनाएको यो फिल्मको एउटा आकर्षण कथामा स्थानीयपन पनि हो।

नेपाली फिल्ममा प्रायः नदेखिने सुदूरपश्चिम र कर्णालीजस्ता भूगोल अब विस्तारै आउन थालेका छन्। सात वर्षअघि प्रदर्शनमा आएको मिन भाम निर्देशित फिल्म ‘कालो पोथी’मा पनि कर्णालीको भूगोललाई समेटिएको थियो। तर, व्यावसायिक रुपमा सिनेमा हलमा प्रदर्शनमा आएका फिल्ममा पश्चिम नेपालका ग्रामीण भेग देखाइएको थिएन। 

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ जुम्लामा खिचिएको छ। हालसम्म फिल्मको पोस्टर, टिजर र केही गीतहरू सार्वजनिक भइसक्दा फिल्मले राम्रो चर्चा पाइरहेको छ। जुम्लामा ४२ दिन लगाएर उक्त फिल्म खिचिएको निर्देशक राउतले बताएका छन्। फिल्ममा शिक्षक बन्नका लागि एक युवकले गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ। 

त्यस्तै, सुरक्षा पन्त मुख्य भूमिकामा रहेको फिल्म ‘बुलाकी’पनि कर्णालीको भेगमा खिचिएको हो। आगामी कात्तिक १८ गते प्रदर्शनमा आउने भनिएको यो फिल्म जाजरकोटमा खिचिएको छ। ‘रेलको बाटो’ नामक चर्चित गीतको भिडियोसमेत निर्देशन गरेका लक्ष्मण सुनारले नै बुलाकीको निर्देशन गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशक सुनार आफ्नै भेगको मौलिक कथा भन्ने क्रममा जाजरकोट पुगेको बताउँछन्। फिल्ममा उक्त क्षेत्रमा रहेको जारी प्रथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। जारी प्रथा मुख्यगरी पहाडी भेगमा रहने भएकाले पनि आफूले उक्त भूगोल रोजेको उनी बताउँछन्। ‘मैले पहिले नै यो भूगोलमा केही काम गरौँ भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘हामीले भन्ने कथा यही भूगोलसँग जोडिएको छ। मौलिक कथा भन्ने क्रममा यो भूगोलमा आधारित रहेर फिल्म बनाउन पुग्यौँ।’

गत वर्ष प्रदर्शनमा आएको मनोज पण्डित निर्देशित फिल्म ‘एक’मा मधेशकेन्द्रित कथा थियो। नेपाली फिल्ममा नगन्य मात्र आएको मधेशको भूगोललाई पण्डितले प्रस्तुत गरेका थिए। व्यावसायिक रुपमा फिल्मले सफलता प्राप्त गर्न नसके पनि फरक भूगोल र पात्रलाई प्रवेश भने गराएको छ।

फरक भूगोलको कथा फिल्ममा आइरहँदा निर्देशकहरु नेपालको मौलिक कथा भन्न यसो गरिएको बताउँछन्। ‘हामीले आफ्नो फिल्म बनाउन खोज्दा, आफ्नो भूगोल, आफ्नो कथा, आफ्नो पात्र लिएर काम गर्दा पश्चिम नेपाल पुगेका हौँ,’ ‘प्रकाश’का निर्देशक राउत भन्छन्, ‘प्रकाशका लागि पश्चिमकै भूगोल छान्नुमा त्यहाँको कष्टकर जीवन संघर्षसँगै अन्य विषयहरु पनि छन्। हाम्रो कथा केन्द्रित भूगोल त्यहीँ छ।’

कथामा वैकल्पिक स्वर
यो वर्ष वैकल्पिक कथावस्तु लिएर सुरुवातमा ‘चिसो मान्छे’ आयो। त्यसपछि ‘प्रकाश’, ‘दोख’, ‘पानीफोटो’, ‘बुलाकी’, ‘अभिन्न’, ‘राधा’, ‘जार’जस्ता फिल्म प्रदर्शनको तयारीमा छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कलाकार खगेन्द्र लामिछानेले ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गर्दैछन्। यो फिल्ममा जनयुद्धका क्रममा बेपत्ता भएको छोराको खोजीमा संघर्ष गरिरहेका दम्पत्तीको कथा प्रस्तुत गरिएको छ। फरक–फरक भूगोलमा जनयुद्धमा भएका घटनाहरूलाई लिएर कथा निर्माण भएको फिल्म ‘दोख’मा द्वन्द्वको चित्रण छ। 

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित भएर दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाको निर्देशनमा बनेको फिल्म ‘जार’मा प्रेम र विद्रोहको कथा प्रस्तुत गरिएको छ। फिल्म निर्माण पक्षका अनुसार दोस्रो विवाह गर्ने विद्रोही महिलाको कथा फिल्ममा प्रस्तुत छ।

विगतमा सिनेमामा प्रस्तुत भइरहेका कथाभन्दा पनि सुक्ष्म विषय र फरक पात्रलाई लिएर धमाधम नेपाली फिल्म बनिरहेका छन्। सुक्ष्म विषयमाथि फिल्मकर्मीहरूले वृहत रुपमा कथा निर्माण गरेर सिनेमाको निर्माण गरिरहेका छन्। 

सिनेमाको विषयवस्तु र प्रस्तुतीकरणमा हाल देखिएको परिवर्तन स्वागतयोग्य भए पनि ढिला गरी सुरु भएको निर्देशक सुनार बताउँछन्। विगतमा बलिउड र भारतका अन्य फिल्मबाट प्रभावित भएर नेपाली फिल्म बनाइँदा मौलिकपन हराएको उनको भनाइ छ। तर, अहिले आफ्नो कथालाई कसरी अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सक्छौं भन्ने विषयमा फिल्मकर्मीहरु केन्द्रित भएको उनी बताउँछन्। 

‘हाम्रो समाज सुहाउने कथालाई कसरी भन्न सक्छौँ भन्ने विषयको खोजीले अहिले मौलिकपन आइरहेको छ,’ उनी भन्छन्, ‘यो पहिल्यै हुनुपर्ने थियो। त्यो भएको भए अहिले हामी यी परिवर्तनभन्दा केही माथि उठेर थप फरक कथाहरु भन्न थालेका हुन्थ्यौँ।’

निर्देशक राउत भने अहिले एकसाथ फरक कथावस्तु तथा भूगोल केन्द्रित फिल्महरू प्रदर्शनमा आउनु संयोग भएको बताउँछन्। कोरोना महामारीका कारण लामो समयसम्म फिल्म बन्न नसक्नु र बनेका फिल्म पनि प्रदर्शनमा आउन नपाउनुले अहिले एकै पटक फिल्मको बजार तातेको उनको भनाइ छ। 

वैकल्पिक र फरक कथा लिएर फिल्म दीर्घकालसम्म कसरी बनिरहन सक्छन् भन्ने पक्ष महत्त्वपूर्ण रहेको राउत बताउँछन्। उनी भन्छन्, ‘फिल्महरुले व्यापारिक सफलता हासिल गरेर मात्रै यी विधा र यस्तो प्रस्तुतिका फिल्महरू स्थापित हुन्छन्। फिल्मकर्मीहरूको व्यक्तिगत कोसिस हो यो। तर, यो कोसिसले निरन्तरता पाउन व्यापारले महत्व राख्छ।’

निर्देशक सुनार पनि राउतको कुरामा सहमत छन्। फिल्ममा प्रस्तुत गरिने मौलिक र व्यवहारिक कथालाई बजारमा कसरी लैजाने भन्ने विषयमा पनि सोच्नु आवश्यक रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘फिल्म हलमा दर्शक गएपछि मनोरञ्जन चाहिन्छ। अहिले हामीले मौलिक कथालाई बजारमा कसरी लैजाने भन्ने हो। हामीले कथा खोजिरहँदा यसलाई कसरी बेच्ने भन्ने पनि सोच्नु पर्छ। मौलिक कथाबाट बन्ने फिल्मको व्यापार राम्रो भयो भने भोलिका दिनमा पनि बनिरहन्छन्।’

'कथामा परिवर्तन' सामाजिक टिप्पणी मात्र!
फिल्ममा फरक भूगोल र फरक कथाको प्रस्तुति सामाजिक टिप्पणीको रुपमा मात्रै बनिरहेको निर्देशक तथा फिल्म विश्लेषक मनोज पण्डित बताउँछन्। फिल्मकर्मीसँग सामाजिक दायित्व हुन्छ भन्ने प्रमाणित गर्न यस्ता काम गर्दा फिल्मकर्मीको फिल्म र फिल्मको भाषाप्रतिको जिम्मेवारी छायाँमा परेको उनी बताउँछन्।

‘समाज र दर्शक भन्ने कुरा फरक फरक हुन्,’ उनी भन्छन्, ‘फिल्मकर्मीको सामाजिक दायित्व छ भनिरहँदा दर्शकप्रति पनि दायित्व छ। दर्शकको मनोविज्ञानलाई वास्ता नगरी बनाइएका सामाजिक टिप्पणीकेन्द्रित फिल्महरू कमजोर हुन्छन्।’

यस्ता विषयले निरन्तरता पाए दर्शकमा केही समयपछि मौलिक फिल्मको नाममा वितृष्णा जाग्ने बताउँछन्। सबै फिल्ममा आफैंमा मौलिक हुन्छ भनेर स्वीकारेर काम गर्नुपर्ने पण्डित बताउँछन्।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्