काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आर्थिक संकट झेलिरहेको श्रीलंकालाई सहयोग गर्न नेपाली अपिल गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले श्रीलंकाको आर्थिक संकटलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
'यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपील गर्दछ,' कांग्रेसको निर्णयमा भनिएको छ।
यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सवै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग गर्ने समन्वयका लागि अग्रसरता लिनुपर्ने पनि कांग्रेसको ठम्याइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।