काठमाडौं– नेपालमा सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ६५१ जनाको नमूना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप ४५७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। २४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।