काठमाडौं– अर्थ मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी सर्कुलर जारी गरेको छ। विनियोजन ऐन, २०७९ सांसद्बाट पारित भएर असार ३२ गते राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको हो।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि सम्बन्धित निकायहरूमा विनियोजित रकम प्रचलित कानुन बमोजिम खर्च गर्न–गराउन अनुरोध गरेको छ।
यस्तै, साथै बजेटको लेखा राख्ने, प्रतिवेदन गर्ने, लेखा परीक्षण गर्ने गराउने विषयमा समेत अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै अर्थमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।