काडमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् फेरबदलका कारण महत्वपूर्ण विधेयक पास हुन नसकेको बताएका छन्।
उपसभामुखले पूर्णतापछि सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन्। छलफलका क्रममा उनले मन्त्रीहरुको फेरबदल कारण केही विधेयक पारित गर्न नसकिएको भए पनि प्रक्रियामा गएको दाबी गरे। उपसभामुख चयन भइसकेकाले अब काम कारबाही अघि बढ्ने उनको भनाइ छ ।
सभामुख सापकोटाले सञ्चार माध्यम जनताको आवाज प्रस्फुटीत गर्ने भएकाले यस भन्दा अर्को संस्था नभएको बताएका छन् । उनले लोकतन्त्रको रक्षा र हितका लागि १५ वटा विधेयक पारित भएको बताएका छन् ।
संसदको हिउँदे अधिवेशन बजेट अधिवेशन भए पनि यसबीचमा महत्वपूर्ण विधेयक पास भएको दाबी गरे।
संसद बैठकमा बस्दा कोरोम नपुग्ने, भत्ता पचाएर निश्कने, शून्य समयमा बोलेको विषयमा कार्यान्वयन नहुने, सञ्चारकर्मीलाई रिपोर्टिङमा अवरोध हुने गरेको गुनासो गरेका छन्।
साथै संसदलाई जनतासँग सूचना लैजाने क्रममा सचिवालयमा प्राविधिक समस्या भएको र संसद सचिवालयले वेवास्ता गरेको गुनासो सञ्चारकर्मीहरुले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।