काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ४०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) भने सुनको मूल्य तोलामा २ रुपैयाँ घटेको थियो। तोलामा २०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ। आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।