काठमाडौं– नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा सोमबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाइले हस्ताक्षर गरेका हुन्।
कोषले जारी गरेको विज्ञप्तिअनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मूल्य १०० रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँ बराबरको सेयरको प्रत्याभुति गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।