काठमाडौं– आज सोमबार संघीय संसद् अन्तर्गतका तीन वटा समितिका बैठक बस्दैछन्।
शिक्षा तथा स्वास्थ्य समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्न लागेको हो।
शिक्षा समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ। बैठक संघीय संसद् सचिवालयमा बस्नेछ।
बैठकमा माराकश सन्धी, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, लुम्बिनी प्रदेश अन्तर्गतका बाँके र बर्दिया जिल्लाका कारागार तथा बर्दियाको मधुवन घटना अनुगमन उपसमितिको प्रतिवेदन २०७९ पेस गर्ने सम्बन्धमा छलफल हुनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको कार्यप्रगति र समितिबाट तारागाउँ विकास समितिलाई दिएका निर्देशन तथा सुझावहरु कार्यान्वयनका बारेमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।