काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार पनि बस्दैछ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।
केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि त्यसका निर्णय सुनाउनका लागि बैठक बस्न लागेको हो।
आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।