काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले आफ्नो तीन दिनको भारत भ्रमणका क्रममा नेपाली कांग्रेसकी नेता एवं प्रधानमन्त्रीपत्नि आरजु देउवासँग भेट भएको तर कुनै त्यस्तो सम्झौता नभएको दाबी गरेका छन्। उनले नेपाली सञ्चार माध्यममा आएका सबै कुरा झुटा भएको स्पष्ट पारे।
प्रचण्डले आरजु देउवा उपचारका लागि भारत भ्रमणमा रहेकाले नेपाली दूतावासमा आफ्नो भेट भएको भन्दै नेपालमा चलेका हल्ला निराधार भएको बताए। नेपालमा प्रचण्ड र राणाका बीचमा सहमति भएको भनि दाबी गर्दै केही ड्राफ्ट सार्वजनिक भएका थिए।
आधिकारिकता पुष्टि नभएको उक्त कुराको हल्ला गलत भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सत्यता नभएको दाबी गरे। तीन दिनको भारत भ्रमण सकेर उनी आइतबार नेपाल फर्केका हुन्।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमणका क्रममा आफूले नेपाल र नेपालीको हितका लागि कुराकानी गरेको र भ्रमण सफल रहेको दाबी गरे। उनले सद्भावना भ्रमण भए पनि खुलेर भारतीय नेताहरुसँग कुराकानी भएको बताए।
प्रचण्डले भ्रमणका क्रममा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग मुख्यालयमा भेट गरेका थिए। त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।