काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डレ ले आफ्नो तीन दिने भारत भ्रमणका क्रममा सन् १९५० को सन्धि पुनरवलोकनदेखि डुबान र इपीजी प्रतिवेदनसम्मका कुरा उठाएको बताएका छन्।
भ्रमण सकेर फर्किएपछि आइतबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दैै उनले भारतीय नेताहरुसँग यस बारेमा आफूले खुलेर कुरा गरेको दाबी गरे। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि यसबारेमा कुराकानी भएको संकेत गरे।
प्रचण्डले भारतमा भएका औपचारिक कार्यक्रममा पनि आफूले उक्त कुरा गरेको बताए। उनले भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटमा पनि यो कुरा राखेको जानकारी दिए। डोभलसँग उनले दुई घण्टा एक्लाएक्लै वार्ता गरेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।