काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तीन दिने भारत भ्रमण पूरा गरि आइतबार स्वदेश फर्कदैं छन्।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डको भ्रमण सफलतापूर्वक सम्पन्न भएको उनको सचिवालय जनाएको छ। प्रचण्डको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक संजालमा भ्रमण सफल भएको उल्लेख गरेकी हुन्।
उनले लेखेकी छन्, 'भाजपा अध्यक्ष जेपी नड्डा ज्यूको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। ‘पार्टी टु पार्टी’ सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि भ्रमण फलदायी बनेको छ।’
नेपाल भारत सम्बन्धका समस्याहरूलाई अध्यक्ष प्रचण्डले उठाएको र त्यहाँ स्थित भारतीय पक्षले पनि सकारात्मकरुपमा लिएको सचिवालयले जनाएको छ। तीन दिने भ्रमण सफल भएकोमा उनले भाजपा नेतृत्व, भारत सरकार तथा अधिकारी, त्यहाँ स्थित नेपाली राजदूतावासका राजदूत तथा कर्मचारीलाई दाहालले धन्यवाद दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।