काठमाडौं–भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा शुक्रबार दिल्ली पुगेका प्रचण्डले आइतबार प्रधानमन्त्री मोदीसँग भेट गर्ने सम्भावित कार्यक्रम थियो।
यद्यपि भेट हुने आधिकारीक तालिका थिएन। प्रचण्डले भारत प्रस्थान गर्ने क्रममा शुक्रबार त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा पनि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने सम्भावना रहेको बताएका थिए।
आइतबार बिहान प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गरेका थिए। प्रचण्ड आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।