काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १३५ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ४१ नमूना परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।