काठमाडौं- उपसभामुखमा निर्वाचित पुष्पा भुसालको शपथ आइतबार हुने भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार अपराह्न ४ बजे उपसभामुख भुसालको शपथ हुन लागेको हो।
शुक्रबार प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी थिइन्। १४८ मत प्राप्त गर्दै उप सभामुखमा उनी निर्वाचित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।