काठमाडौं– भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन्।
भाजपा अध्यक्ष जेपी नाड्डाका निमन्त्रणामा तिन दिने भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रचण्ड आइतबार बिहान भाजपा मुख्यालय पुगेका हुन्। मुख्यालयमा प्रचण्डले भाजपा अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका थिए।
उक्त भेटमा विदेश मन्त्री एस जयशंखर पनि रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।