• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकापछि यी १२ देश पनि टाट पल्टिने सूचीमा 

64x64
नेपाल लाइभ आइतबार, साउन १, २०७९  ११:३७
1140x725

काठमाडौं– स्वतन्त्र भएपछि पहिलोपटक श्रीलंका टाट पल्टिएर संकटमा फसेको छ। देशका राष्ट्रपति मुलुक छोडेर भागेका छन्, इन्धनको अभाव छ, औषधि किन्न पाइँदैन र खाद्यन्नको पनि संकट भएको छ। 

यी सबका बीच जनताहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। प्रर्दशनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। 

वैदेशिक ऋण चुक्ता गर्ने वैदेशिक मुद्रा नभएपछि श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरेको थियो। यसरी टाट पल्टिने श्रीलंका पहिलो मुलुक होइन र अन्तिम पनि होइन। यसअघि अर्जेन्टिना २००० देखि २०२० सम्मको अवधिमा दुई पटक टाट पल्टिएको छ भने २०१२ मा ग्रिस, १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर टाट पल्टिएका थिए। 

अहिले विश्वव्यापी आर्थिक संकट देखिएको छ। जुन देश वैदेशिक ऋण तिर्न असक्षम हुन्छन् ती देश आफूलाई टाट पल्टिएको घोषणा गर्छन्। श्रीलंकापछि विभिन्न १२ देश यो संकटको सन्निकट रहेको एक रिपोर्ट अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको छ। 

रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले संकटसँग जुधिरहेका छन्। 

म्यानमारको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वैदेशिक ऋण चुक्ताको समय निलम्बन गरेर वैदेशिक मुद्रा सञ्चिति बढाउने उपाय अपनाएको छ। म्यानमारको स्थानीय मुद्रा क्याट अमेरिकी डलरको तुलनामा निकै अवमूल्यन भएपछि महंगी पनि बढेको छ। 

अहिले नै टाट पल्टिने अवस्थामा नपुगे पनि वैदेशिक मुद्रा भण्डारण नबढे म्यानमार पनि संकटमा फस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

दक्षिण एसियाली मुलुक पाकिस्तान पनि वैदेशिक मुद्रा भण्डारणमा निकै चाप बढेको छ। अहिले पाकिस्तानसँग पाँच हप्ताका लागि मात्र वस्तु तथा सेवा खरिद गर्न सकिने वैदेशिक मुद्रा रहेको बताइएको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण लिनका लागि लगातार वार्ता गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आईएमएफले पाकिस्तानमा ऋण लगानी गर्ने सम्झौता भइसकेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा दबाब परिरहेको छ। 

उता अर्जेन्टिनाको मुद्रा पेसो पचार प्रतिशतमा कालो बजारमा खरिदविक्री भइरहेको छ। यहाँ पनि वैदेशिक मुद्रा सञ्चितिमा निकै गम्भीर असर परेको छ। अर्जेन्टिना यसअघि पनि आर्थिक रुपमा टाट पल्टिसकेको छ। 

उता रुससँगको युद्धमा फसेको युक्रेन पनि टाट पल्टिने अवस्थामा पुगेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेयता उसको वैदेशिक व्यापार ठप्प मात्र भएको छैन, देशमा आर्थिक गतिविधि नै बन्द भएका छन्। युक्रेनले पनि वैदेशिक ऋण तिर्न सक्ने क्षमता गुमाउँदै गएको विज्ञहरुले चेतावनी दिएका छन्। एक सरकारी युक्रेनी कम्पनीले वैदेशिक ऋण तिर्ने भाका दुई वर्ष बढाउन माग गरेको छ। 

उता अफ्रिकी मुलुक ट्युनिसिया टाट पल्टिने जोखिम सूचीको तेस्रो नम्बरमा रहेको छ। उसले आईएमएफसँग ऋण मागिरहेको छ। तर, घरेलु राजनीतिक अवस्थाका कारण उसलाई ऋण उपलब्ध हुन पनि समस्या छ।

आईएमएफका सर्त पूरा गरेर ट्युनिसियाले ऋण पाउन कठिन छ। अन्य अफ्रिकी मुलुक घाना, इजिप्ट, केन्या र नाइजेरिया पनि आर्थिक संकटसँग जुधिरहेका छन्।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग बिहीबार, भदौ १८, २०८३
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने बिहीबार, भदौ १८, २०८३
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढी: मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्