• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकापछि यी १२ देश पनि टाट पल्टिने सूचीमा 

64x64
नेपाल लाइभ आइतबार, साउन १, २०७९  ११:३७
1140x725

काठमाडौं– स्वतन्त्र भएपछि पहिलोपटक श्रीलंका टाट पल्टिएर संकटमा फसेको छ। देशका राष्ट्रपति मुलुक छोडेर भागेका छन्, इन्धनको अभाव छ, औषधि किन्न पाइँदैन र खाद्यन्नको पनि संकट भएको छ। 

यी सबका बीच जनताहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। प्रर्दशनकारीले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई नियन्त्रणमा लिएका छन्। 

वैदेशिक ऋण चुक्ता गर्ने वैदेशिक मुद्रा नभएपछि श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरेको थियो। यसरी टाट पल्टिने श्रीलंका पहिलो मुलुक होइन र अन्तिम पनि होइन। यसअघि अर्जेन्टिना २००० देखि २०२० सम्मको अवधिमा दुई पटक टाट पल्टिएको छ भने २०१२ मा ग्रिस, १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर टाट पल्टिएका थिए। 

अहिले विश्वव्यापी आर्थिक संकट देखिएको छ। जुन देश वैदेशिक ऋण तिर्न असक्षम हुन्छन् ती देश आफूलाई टाट पल्टिएको घोषणा गर्छन्। श्रीलंकापछि विभिन्न १२ देश यो संकटको सन्निकट रहेको एक रिपोर्ट अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको छ। 

रोयटर्सका अनुसार म्यानमार, पाकिस्तान, अर्जेन्टिना, युक्रेन, ट्युनिसिया, घाना, इजिप्ट, केन्या, इथोपिया, एलसाल्भाडोर, बेलारुस, इक्वेडर र नाइजेरिया अहिले संकटसँग जुधिरहेका छन्। 

म्यानमारको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वैदेशिक ऋण चुक्ताको समय निलम्बन गरेर वैदेशिक मुद्रा सञ्चिति बढाउने उपाय अपनाएको छ। म्यानमारको स्थानीय मुद्रा क्याट अमेरिकी डलरको तुलनामा निकै अवमूल्यन भएपछि महंगी पनि बढेको छ। 

अहिले नै टाट पल्टिने अवस्थामा नपुगे पनि वैदेशिक मुद्रा भण्डारण नबढे म्यानमार पनि संकटमा फस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

दक्षिण एसियाली मुलुक पाकिस्तान पनि वैदेशिक मुद्रा भण्डारणमा निकै चाप बढेको छ। अहिले पाकिस्तानसँग पाँच हप्ताका लागि मात्र वस्तु तथा सेवा खरिद गर्न सकिने वैदेशिक मुद्रा रहेको बताइएको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण लिनका लागि लगातार वार्ता गरिरहेको छ।

Ncell 2
Ncell 2

आईएमएफले पाकिस्तानमा ऋण लगानी गर्ने सम्झौता भइसकेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा दबाब परिरहेको छ। 

उता अर्जेन्टिनाको मुद्रा पेसो पचार प्रतिशतमा कालो बजारमा खरिदविक्री भइरहेको छ। यहाँ पनि वैदेशिक मुद्रा सञ्चितिमा निकै गम्भीर असर परेको छ। अर्जेन्टिना यसअघि पनि आर्थिक रुपमा टाट पल्टिसकेको छ। 

उता रुससँगको युद्धमा फसेको युक्रेन पनि टाट पल्टिने अवस्थामा पुगेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेयता उसको वैदेशिक व्यापार ठप्प मात्र भएको छैन, देशमा आर्थिक गतिविधि नै बन्द भएका छन्। युक्रेनले पनि वैदेशिक ऋण तिर्न सक्ने क्षमता गुमाउँदै गएको विज्ञहरुले चेतावनी दिएका छन्। एक सरकारी युक्रेनी कम्पनीले वैदेशिक ऋण तिर्ने भाका दुई वर्ष बढाउन माग गरेको छ। 

उता अफ्रिकी मुलुक ट्युनिसिया टाट पल्टिने जोखिम सूचीको तेस्रो नम्बरमा रहेको छ। उसले आईएमएफसँग ऋण मागिरहेको छ। तर, घरेलु राजनीतिक अवस्थाका कारण उसलाई ऋण उपलब्ध हुन पनि समस्या छ।

आईएमएफका सर्त पूरा गरेर ट्युनिसियाले ऋण पाउन कठिन छ। अन्य अफ्रिकी मुलुक घाना, इजिप्ट, केन्या र नाइजेरिया पनि आर्थिक संकटसँग जुधिरहेका छन्।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै
देशभर मौसम मुख्यतया सफा रहने
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
सम्बन्धित सामग्री
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा इरान इन्टरनेशनलका अनुसार उनले स्पष्ट रुपमा भनेका छन्, ‘अमेरिकाको कुनै पनि सैन्य कदमको जवाफ कारबाहीमा मात्र सीमित हुनेछैन ।’ एसोसिएटे... आइतबार, पुस २७, २०८२
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी बीबीसी फारसीका अनुसार यस फ्लाइटका यात्रीले उनको विमानलाई अवतरणका लागि अनुमति नदिइएको बताएका छन् । यस्तै तबरीज र इस्फहान जाने फ्लाइटक... शुक्रबार, पुस २५, २०८२
भेनेजुएलामा अमेरिकी आक्रमण, १०० जनाको मृत्यु क्युबा सरकारले आइतबार जारी गरेको वक्तव्यमा उक्त ‘अपरेसन’का क्रममा ३२ क्युबाली नागरिक मारिएको उल्लेख थियो, जो क्युबा सशस्त्र बल र गृह... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्