काठमाडौं- 'एम अधिकारी राजीनामा दे' भन्दै विद्यार्थी गेटमै उभिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यालय प्रवेश गर्न पाएका छैनन्।
सत्तारुढ नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा बिरोध प्रर्दशन गरिरहेका हुन्। उनीहरुले एम अधिकारीको नाम नेकपा एमालेको अर्थ विभागमा रहेको र उनी गभर्नरको रुपमा रहन नसक्ने भन्दै बिरोध गरिरहेका हुन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरे। उनले राजनीतिक दलमा संलग्न भएको व्यक्ति गभर्नरको पदमा रहन नसक्ने नेपाल राष्ट्र बैंक ऐनमा उल्लेख भएकाले उनी पदमुक्त हुनुपर्ने माग गरे। आइतबार बिहान१० वजे विद्यार्थीहरु आन्दोलनका लागि राष्ट्र बैंकको गेटमा पुगेका थिए। प्रहरीहरुले उनीहरुमाथि हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि केही विद्यार्थीहरु घाइते भएका छन्।
उनीहरुले एम अधिकारी सार्वजनिक गर्, प्रहरी दमन मुर्दावाद र गभर्नर अधिकारी राजीनामा दे भन्दै नारा लगाएका थिए। नेपाल एमालेको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारी समावेश भएपछि बिरोध सुरु भएको थियो। सत्ता पक्ष नेकपा माओवादी केन्द्रले यसलाई प्रमुख मुद्दा बनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।