फाइल तस्बिर।
पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान समयको गठबन्धनजस्तो गठबन्धन आफूहरुले नगर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेर निर्वाचन जान कत्तिको तयार छ? भनेर गरिएको प्रश्नमा उनले एमालेको नीतिगत नेतृत्वमा उनीहरु आए सहकार्य हुने बताए।
उनले भने, 'हामी सहकार्यका लागि स्वागत गर्छौं। नीति अन्तर्गतको ध्रुवीकरण हामीले सधैं स्वागत गर्छौं।'
उनले अहिलेको जस्तो नीति नमिल्ने तर, चुनावका लागि गठबन्धन गर्ने कुरामा एमालेको विश्वास नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।