फाइल तस्बिर।
काठमाडौं– संघीय संसद् अन्तर्गत आज आइतबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ।
आज राज्य व्यवस्था तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो।
राज्य व्यवस्था समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ। बैठकमा नीति अनुसन्धन प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा समितिको आन्तरिक कामकारबाहीको बारेमा छलफल हुने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।