काठमाडौं– आज आइतबार संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक बस्न लागेको हो।
बैठकले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्नेछ। तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।