फाइल तस्बिर।
काठमाडौं– तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन्। मोदीसँगको भेटपछि उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ।
भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।
उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए। प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए।
शनिबार नै नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध' विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए। त्यसपछि उनी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।