काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुजाएको छ।
राप्रपाको महिला संगठनको १३ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले नागरिकको जिउ धनको रक्षा र सुरक्षा सरकारको पहिलो दायितव भएको बताए।
उनले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका विषयमा ध्यानाकर्षण गराएकोमा संगठनलाई धन्यवाद दिँदै १३ बुँदे मागबारे सुरक्षा निकायसँग दलफल गर्ने बताए।
राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो। हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था गर्न पनि संगठनले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।