काठमाडौं- दिल्ली भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ।
भेटबारे ट्विट गर्दै जयशंकरले आर्थिक सहयोगमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा उपलब्धिमूलक छलफल भएको बताएका छन्।
जयशंकरले नेपालको प्रगति र समृद्धिको चाहनामा भारत साझेदार रहने पनि उल्लेख गरेका छन्।
तीन दिने भारत भ्रमणका क्रममा प्रचण्ड शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। उनी आइतबारै नेपाल फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।