काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) पनि बस्दै छ। पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक घटना लगायत विविध विषयमा छलपलका लागि भनेर असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठक जारी छ।
आजको बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरुले धारणा राख्नेछन्। यस्तै, आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।