हेटौंडा–राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिलेको सत्तासीन समीकरण कसले बढी कमाउने भन्ने प्रतिस्पर्धामा मस्त रहेको आरोप लगाएका छन्।
शुक्रबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले भ्रष्टाचारी, बिचौलिया र माफियाहरुको घेरामा सरकार रहेको समेत बताए। नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डा बोक्ने पार्टी राप्रपा नेपाल मात्र भएको बताउँदै उनले हिन्दुराष्ट्रको कुराुसँग कोही गैरहिन्दुहरु तर्सिनु नपर्ने बताए।
उनले हिन्दुराष्ट्र पहिचानको विषय भएको चर्चा गर्दै धर्मको आधारमा राज्य सत्ता सन्चालन नहुने र हिन्दु धर्मलाई मात्र ीवशेष सेवा, सुविधा केही पनि नहुने स्पष्ट पारे। सर्वधर्म समभाव र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र राप्रपा नेपालले चाहेको उनको कथन थियो।
मुलुक भ्रष्टाचारी, माफिया र बिचौलियाको हातमा पुगेको प्रमाण पछिल्लो भ्रष्टाचारको काण्ड भएको उनको भनाइ थियो। कसैलाई गाली गरेर राप्रपा नेपाल बलियो नहुने भन्दै उनले संगठनमा केन्द्रित हुन सबैमा आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।