काठमाडौं–नेता डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले गरेको कारबाही खारेजीको घोषणा गरेका छन्। यादव पक्षले पार्टी हितविपरीत लागेको भन्दै भट्टराईसहित ९ जनालाई कारबाही गरेको थियो। यादव पक्षले संघीय परिषदको अध्यक्षमा भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको घोषणा गरेको थियो।
यो घोषणाको प्रतिवाद गर्दै भट्टराईले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन्। उनले अब नयाँ रुपमा जानेसमेत बताएका छन्।
सुरुमा माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति बनाएका भट्टराई जसपामा समावेश भएका थिए। पछिल्लो समय उक्त पार्टीमा पनि विवाद सुरु भएपछि उनीहरुले अलग हुने निर्णय गरेका थिए। सोही निर्णय अनुसार भट्टराई पक्षले काठमाडौंमा भेला गरेको थियो भने यादव पक्षले वीरगञ्जमा भेला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।