• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर कर्जामा लगाइएको ४/१२ को सीमा हटाउँदा कसलाई फाइदा ? 

64x64
सुमित्रा कार्की शुक्रबार, असार ३१, २०७९  २१:१५
1140x725

काठमाडौं-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर कर्जामा लगाईको ४/१२ को सीमा हटाउन चर्को दबाब परेको छ। 

कुनै एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा परिवारले सेयर धितो राखेर ४ करोडसम्म ऋण लिन पाउने व्यवस्था र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्ममात्र ऋण लिन पाउने व्यवस्था खारेज गर्न सांसददेखि निजी क्षेत्रसम्म लागि परेका छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद गगन थापाले सेयर बजारमा राष्ट्र बैंकले ल्याएको नीतिबाट अपेक्षा गरेअनुरूप परिणाम नआएको भन्दै सच्याउनुपर्ने माग गरे। थापाले भने, ‘सेयर बजारमा सुधार भनेर ४/१२ को नीति ल्याइयो, यसले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भयो।’ 

उनले राष्ट्र बैंकले जे सोचेर यस्तो नीति ल्याएको भए पनि अपेक्षा अनुरूप परिणाम नआएपछि यसलाई सच्याइनुपर्ने बताए। थापाले भने, ‘यसलाई सच्याइएन, हटाइएन या बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आउँछन्।’

सेयर बजारमा लगाईएको ४/१२ को नीतिले साना लगानीकर्तालाई नै मारमा पारेको छ। तर, नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिंक नीतिमार्फत् यो योजना साना लगानीकर्तालाई सहयोग हुने र ठूला लगानीकर्ताले सेयर बजारमा गर्ने चलखेल रोक्ने खालको रहेको दाबी गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यता निजी क्षेत्रले पनि सेयर कर्जामा लगाईएको ४/१२ को सीमा खारेज गर्नुपर्ने आवाज व्यापक रुपमा कुरा उठाईरहेको छ। सेयर बजारका लगानीकर्ताले पनि मौद्रिक नीतिले ल्याएको ४÷१२ को सीमा खारेज गर्नुपर्ने माग नेपाल राष्ट्र बैंकसमक्ष राखिसकेका छन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भन्छन्, ‘राष्ट्र बैंकले ल्याएको नीतिले लगानीकर्तालाई ठूलो असर गरेको छ। यो  नीति हटाउनु आवश्यक छ।’ मल्लले यो नीतिका कारण हजारौं लगानीकर्ता सडकमा आउनुपर्ने अवस्था आएको बताए। कुनै पनि नियामक निकायले ल्याएको नीतिका कारण सामान्य व्यक्तिलाई असर पुग्छ भने त्यसबारे नियामक निकायले सोचेर नीति परिवर्तन तथा संशोधन गर्नुपर्ने उनी बताउछन्। 

४/१२ को सीमा हटाउँदा ठूला लगानीकर्तालाई फाईदा हुने जानकारहरु बताउँछन्। यसको खारेजी गर्दा धेरै ऋण लिएर लगानीकर्तालाई फाइदा हुने पूर्वगर्भनर चिरन्जीवी नेपाल बताउँछन्। ‘अहिले संसददेखि लिएर हरेक क्षेत्रमा ४/१२ को सीमा हटाउनुपर्ने माग छ। यसले नै गर्दा बजार घटेको हो भने हटाउनु राष्ट्र बैंकलाई मेरो पनि सुझाव छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कुनै पनि नीति सर्वसाधारणको हितविपरीत हुन नहुने नेपाल बताउँछन्। ‘पहिले नै कर्जाको यति प्रतिशतसम्म सेयर कर्जामा लोन दिन पाउने भनिसकेपछि फेरि यस्तो सीमा लगाउन आवश्यक छैन।’ उनी भन्छन्, ‘थौरै ऋण लिनेले पनि हिजोका दिनमा ऋण लिएर सेयर गरेका छन्। धेरै लिनेलाई नै यसको प्रभाव प्रत्यक्ष परेको देखिन्छ।’

तर, बजार घट्दा सबैलाई घाटा भएको नेपाल बताउँछन्। पहिले यस्ता सीमा नराख्दा पनि राष्ट्र बैंकले दिएको सीमाभन्दा बाहिर ऋण नगएको उनको भनाइ छ। ‘नेपाल राष्ट्र बैंकले यो सीमा निर्धारण गर्दा धेरै नै लगानीकर्ता मार्केटमा आउँछन् भन्ने उद्धेश्य राखेको थियो। त्यो पनि भएन। यसकारण राष्ट्र बैंकले पनि यसको बारेमा सोच्नु पर्ने बेला आएको छ।’

‘कुनै पनि नीति सेयर बजार बढाउने वा घटाउने हिसाबले आउँदैन। यसरी आएको नीतिलाई बुझाइअनुसार विश्लेषण गरिन्छ। बैंक तथा वित्तीय संस्थाले बजारमा दुई किसिमले लगानी गरिरहेको छन्। पहिलो बैंक तथा वित्तीय संस्थाले आफैँ पनि सेयर कर्जामा लगानी गरेका थिए,’ एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी निर्देशक तथा सेयर बजार जानकार अनलराज भट्टराई भन्छन्।

राष्ट्र बैंकले समग्र वित्तीय स्थायित्व हेर्ने भएका कारण कसलाई फाइदा, कसलाई घाटा भनेर नीति नल्याउने भट्टराईको भनाइ छ। उनी भन्छन्, ‘राष्ट्र बैंकले जुनबेला नीति ल्याएको थियो। त्यो बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गरेको कर्जा ३०० अर्बको हाराहारीमा पुगेको थियो। यसकारण राष्ट्र बैंकले यसलाई अझै कसिलो बनाउन यस्तो नीति ल्याएको हुन सक्छ।’
 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्