• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर कर्जामा लगाइएको ४/१२ को सीमा हटाउँदा कसलाई फाइदा ? 

64x64
सुमित्रा कार्की शुक्रबार, असार ३१, २०७९  २१:१५
1140x725

काठमाडौं-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर कर्जामा लगाईको ४/१२ को सीमा हटाउन चर्को दबाब परेको छ। 

कुनै एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा परिवारले सेयर धितो राखेर ४ करोडसम्म ऋण लिन पाउने व्यवस्था र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्ममात्र ऋण लिन पाउने व्यवस्था खारेज गर्न सांसददेखि निजी क्षेत्रसम्म लागि परेका छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद गगन थापाले सेयर बजारमा राष्ट्र बैंकले ल्याएको नीतिबाट अपेक्षा गरेअनुरूप परिणाम नआएको भन्दै सच्याउनुपर्ने माग गरे। थापाले भने, ‘सेयर बजारमा सुधार भनेर ४/१२ को नीति ल्याइयो, यसले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भयो।’ 

उनले राष्ट्र बैंकले जे सोचेर यस्तो नीति ल्याएको भए पनि अपेक्षा अनुरूप परिणाम नआएपछि यसलाई सच्याइनुपर्ने बताए। थापाले भने, ‘यसलाई सच्याइएन, हटाइएन या बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आउँछन्।’

सेयर बजारमा लगाईएको ४/१२ को नीतिले साना लगानीकर्तालाई नै मारमा पारेको छ। तर, नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिंक नीतिमार्फत् यो योजना साना लगानीकर्तालाई सहयोग हुने र ठूला लगानीकर्ताले सेयर बजारमा गर्ने चलखेल रोक्ने खालको रहेको दाबी गरेको थियो। 

Ncell 2
Ncell 2

यता निजी क्षेत्रले पनि सेयर कर्जामा लगाईएको ४/१२ को सीमा खारेज गर्नुपर्ने आवाज व्यापक रुपमा कुरा उठाईरहेको छ। सेयर बजारका लगानीकर्ताले पनि मौद्रिक नीतिले ल्याएको ४÷१२ को सीमा खारेज गर्नुपर्ने माग नेपाल राष्ट्र बैंकसमक्ष राखिसकेका छन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भन्छन्, ‘राष्ट्र बैंकले ल्याएको नीतिले लगानीकर्तालाई ठूलो असर गरेको छ। यो  नीति हटाउनु आवश्यक छ।’ मल्लले यो नीतिका कारण हजारौं लगानीकर्ता सडकमा आउनुपर्ने अवस्था आएको बताए। कुनै पनि नियामक निकायले ल्याएको नीतिका कारण सामान्य व्यक्तिलाई असर पुग्छ भने त्यसबारे नियामक निकायले सोचेर नीति परिवर्तन तथा संशोधन गर्नुपर्ने उनी बताउछन्। 

४/१२ को सीमा हटाउँदा ठूला लगानीकर्तालाई फाईदा हुने जानकारहरु बताउँछन्। यसको खारेजी गर्दा धेरै ऋण लिएर लगानीकर्तालाई फाइदा हुने पूर्वगर्भनर चिरन्जीवी नेपाल बताउँछन्। ‘अहिले संसददेखि लिएर हरेक क्षेत्रमा ४/१२ को सीमा हटाउनुपर्ने माग छ। यसले नै गर्दा बजार घटेको हो भने हटाउनु राष्ट्र बैंकलाई मेरो पनि सुझाव छ।’

कुनै पनि नीति सर्वसाधारणको हितविपरीत हुन नहुने नेपाल बताउँछन्। ‘पहिले नै कर्जाको यति प्रतिशतसम्म सेयर कर्जामा लोन दिन पाउने भनिसकेपछि फेरि यस्तो सीमा लगाउन आवश्यक छैन।’ उनी भन्छन्, ‘थौरै ऋण लिनेले पनि हिजोका दिनमा ऋण लिएर सेयर गरेका छन्। धेरै लिनेलाई नै यसको प्रभाव प्रत्यक्ष परेको देखिन्छ।’

तर, बजार घट्दा सबैलाई घाटा भएको नेपाल बताउँछन्। पहिले यस्ता सीमा नराख्दा पनि राष्ट्र बैंकले दिएको सीमाभन्दा बाहिर ऋण नगएको उनको भनाइ छ। ‘नेपाल राष्ट्र बैंकले यो सीमा निर्धारण गर्दा धेरै नै लगानीकर्ता मार्केटमा आउँछन् भन्ने उद्धेश्य राखेको थियो। त्यो पनि भएन। यसकारण राष्ट्र बैंकले पनि यसको बारेमा सोच्नु पर्ने बेला आएको छ।’

‘कुनै पनि नीति सेयर बजार बढाउने वा घटाउने हिसाबले आउँदैन। यसरी आएको नीतिलाई बुझाइअनुसार विश्लेषण गरिन्छ। बैंक तथा वित्तीय संस्थाले बजारमा दुई किसिमले लगानी गरिरहेको छन्। पहिलो बैंक तथा वित्तीय संस्थाले आफैँ पनि सेयर कर्जामा लगानी गरेका थिए,’ एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी निर्देशक तथा सेयर बजार जानकार अनलराज भट्टराई भन्छन्।

राष्ट्र बैंकले समग्र वित्तीय स्थायित्व हेर्ने भएका कारण कसलाई फाइदा, कसलाई घाटा भनेर नीति नल्याउने भट्टराईको भनाइ छ। उनी भन्छन्, ‘राष्ट्र बैंकले जुनबेला नीति ल्याएको थियो। त्यो बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गरेको कर्जा ३०० अर्बको हाराहारीमा पुगेको थियो। यसकारण राष्ट्र बैंकले यसलाई अझै कसिलो बनाउन यस्तो नीति ल्याएको हुन सक्छ।’
 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बस्दै शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना शुक्रबार, माघ ९, २०८२
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै शुक्रबार, माघ ९, २०८२
आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्